श्रममन्त्री यादवद्वारा भक्तपुरमा एभरेष्ट मल्टी स्किल प्रालिको उद्घाटन « Khabarhub

श्रममन्त्री यादवद्वारा भक्तपुरमा एभरेष्ट मल्टी स्किल प्रालिको उद्घाटन


२५ आश्विन २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले राष्ट्रिय तथा अन्तरराष्ट्रिय बजारमा माग भइरहेको सीपयुक्त दक्ष जनशक्ति उत्पादन गर्नु अत्यावश्यक रहेको बताएका छन् ।

भक्तपुरको दधीकोटमा सञ्चालनमा आएको एभरेष्ट मल्टी स्किल प्रालिको आज उद्घाटन गर्दै उनले देशमा चुनौतीका रूपमा रहेको बेरोजगारीलाई चिर्न बजारले खोजेको दक्ष र सीपयुक्त जनशक्ति उत्पादन गर्नु आवश्यक रहेको बताए ।

मन्त्री यादवले भने, ‘अहिले दक्ष जनशक्तिको आवश्यकता रहेको छ, बजारको मागअनुसारको सीप र सीपअनुसारको रोजगार दिन तालिम र सीप प्राप्त जनशक्तिलाई रोजगारसँग जोड्नुपर्छ, कतिले तालिम पाए भन्ने कुराले महत्त्व राख्दैन, कतिले रोजगारी पाए, कतिले आर्थिक उन्नति गरे त्यसले महत्त्व राख्दछ, त्यसका लागि सबै लाग्नुपर्छ ।’

बजारले खोजेको सीप र उत्पादन भइरहेको जनशक्तिबीचको ठूलो खाडल रहेको चर्चा गर्दै उनले युवालाई सीप सिक्न नहिचकिचाउन तथा विदेश जाने युवालाई सीपयुक्त दक्ष तथा सुरक्षित श्रमिकका रूपमा मात्र पठाउने र स्वदेशमै रहनेहरूका लागि सम्मानजनक रोजगारी सिर्जना गर्ने सरकारको प्राथमिकतालाई यस प्रकारको सीप केन्द्रले टेवा पुग्ने बताए । 

उनले सरकार, निजी क्षेत्र, तालिम प्रदायक संस्था र स्थानीय तहबीचको सहकार्य अपरिहार्य रहेको बताए  । 

कार्यक्रममा एभरेष्ट मल्टी स्किल प्रालीका अध्यक्ष खगेन्द्र न्यौपानेले हातमा सीप नभएका श्रमिक विदेश जाँदा निकै दुःख पाउने गरेको र पारिश्रमिक पनि कम पाउन गरेको बताउँदै सीप लिएर गएका जनशक्तिले विदेशमा सजिलो एवं पारिश्रमिक पनि राम्रो पाउने गरेको बताए ।

विगत २५ वर्षदेखि मलेसियामा बसेर व्यवसाय गर्दै आएका उनले विदेश जाँदा होस् वा स्वदेशमै रोजगारी खोज्दा हातमा सीप र कला भएमा राम्रो तलब र अवसर पाइने बताए ।

अध्यक्ष न्यौपानेले भक्तपुरमा सञ्चालनमा आएको तालिम केन्द्रले देशमा रहेको अदक्ष र अर्धदक्ष जनशक्तिलाई पूर्ण दक्ष जनशक्ति बनाउने र सहज रूपमा विदेशमा रोजगारीका लागि जानसक्ने बताए ।

कार्यक्रममा सञ्चालक अनन्तराम खतिवडाले विदेशमा लामो समय व्यावसायिक रूपमा रहेर अनुभवी चार जना व्यवसायीको सहुले तालिम केन्द्र सञ्चालनमा ल्याएको बताउँदै आवासीय यस तालिम केन्द्रमा सिटीइभिटीबाट ३० वटा तालिमको अनुमति लिएर १५० शय्याको आवासीय तालिम केन्द्र सञ्चालनमा ल्याएको बताए ।

कार्यक्रममा भक्तपुर क्षेत्र नं २ का सांसद राजीव खत्रीले सरकारले प्रत्येक नागरिकलाई सीप दिने योजना बनाएको बताउँदै त्यस्तो योजनालाई यस प्रकारको निजी तालिम प्रदायक संस्थाले सहयोग पुग्ने बताए ।
 

प्रकाशित मिति : २५ आश्विन २०८३, आइतबार  ४ : २५ बजे

पाकिस्तानको खैबर पख्तुनख्वामा पिटिआई सरकार ढल्यो, गभर्नर शासन लागू, मुख्यमन्त्री हिरासतमा

काठमाडौं- पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा राजनीतिक तनाव उत्कर्षमा पुगेको बेला

कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष डा खत्रीद्वारा शपथ ग्रहण

कर्णाली– कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष डा भीमबहादुर खत्रीले पद

‘टोखाको विकासमा एकताबद्ध भएर अगाडि बढ्छौँ’

काठमाडौँ– धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्त्व बोकेको काठमाडौँको उत्तरी क्षेत्र

क्यानडाविरुद्ध नेपाललाई छैठौँ सफलता

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग–२ अन्तर्गत क्यानडा विरुद्धको खेलमा नेपालले

जिबुटीको तटमा डुङ्गा दुर्घटना : १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता

जिबुटी- अफ्रिकी मुलुक जिबुटीको तटमा डुङ्गा दुर्घटना हुँदा १५ बालबालिकासहित