सुदूरपश्चिम सरकारद्वारा ३७ अर्ब ७० करोडको बजेट सार्वजनिक « Khabarhub

सुदूरपश्चिम सरकारद्वारा ३७ अर्ब ७० करोडको बजेट सार्वजनिक


२५ आश्विन २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राजनीतिक उतारचढाव र बजेट शून्यताका कारण लामो समयदेखि अन्योलमा परेको सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३/८४ का लागि ३७ अर्ब ७० करोड ३९ लाख ६७ हजार रुपैयाँको नयाँ वार्षिक बजेट प्रदेश सभामा प्रस्तुत गरेको छ । 

प्रदेश सभाको आइतबार बसेको बैठकमा आर्थिक मामिलामन्त्री चक्रबहादुर मल्लले परिमार्जित बजेट वक्तव्य पेस गरेका हुन् । 

बजेट सार्वजनिक भएसँगै प्रदेशमा लामो समयदेखि रोकिइरहेका आर्थिक तथा विकास निर्माणसम्बन्धी कामकारबाही पुनः अघि बढ्ने बाटो खुलेको छ ।

यसअघि गत असार १ गते तत्कालीन मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सरकारका आर्थिक मामिलामन्त्री विक्रमसिंह धामीले सोही आकारको बजेट पेस गरेको भए पनि सत्ता गठबन्धन फेरिएपछि उक्त बजेट पारित हुन नसकी निष्क्रिय बनेको थियो । 

तत्पश्चात् नेकपा र एमालेको संयुक्त सरकार गठन भई खगराज भट्ट मुख्यमन्त्री बने । नयाँ सरकार गठन भएको दुई महिनापछि अघिल्लो सरकारले पेस गरेका विनियोजन विधेयक २०८३ र अर्थसम्बन्धी प्रस्ताव कार्यान्वयन विधेयक २०८३ फिर्ता लिने प्रस्ताव प्रदेश सभाबाट सर्वसम्मतिले स्वीकृत गरिएपछि मन्त्री मल्लले परिमार्जित बजेट पुनः प्रस्तुत पेस गरेका हुन् ।

प्रदेश सरकारले सार्वजनिक गरेको बजेट जुटाउन आन्तरिक राजस्व, सङ्घीय अनुदान र गत वर्षको बचत रकमलाई प्रमुख स्रोतका रूपमा समावेश गरेको छ । 

जसअन्तर्गत आन्तरिक राजस्व परिचालनबाट १ अर्ब ७२ करोड रुपैयाँ र सङ्घीय राजस्व बाँडफाँटबाट १० अर्ब २४ करोड ९२ लाख ६७ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ । 

त्यसैगरी सङ्घीय रोयल्टी बाँडफाँटबाट ७ करोड रुपैयाँ, वित्तीय समानीकरण अनुदानबाट ९ अर्ब ६ करोड ३३ लाख रुपैयाँ तथा अघिल्लो आर्थिक वर्षको बचत रकमबाट ९ अर्ब ६५ करोड रुपैयाँ प्राप्त हुने वित्तीय ढाँचा तयार पारिएको छ । 

बजेटका अन्य स्रोतहरूमा सशर्त अनुदानतर्फ ६ अर्ब ३ करोड ५८ लाख रुपैयाँ, सङ्घीय समपूरक अनुदानबाट ३८ करोड ८० लाख रुपैयाँ र विशेष अनुदानबाट ५२ करोड ७६ लाख रुपैयाँ प्राप्त हुने लक्ष्य राखिएको छ ।

बजेटमा प्रदेशभित्रका प्रमुख पूर्वाधार, स्वास्थ्य, पर्यटन र स्थानीय उत्पादन प्रवर्द्धनलाई प्राथमिकता दिँदै बजेट विनियोजन गरिएको छ । स्वास्थ्य सेवा विस्तारका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पतालको सुधार योजनाका निम्ति साढे २५ करोड ५० लाख रुपैयाँ छुट्ट्याइएको छ । 

खेलकुद तथा पर्यटन प्रवर्द्धनतर्फ कैलालीको फाप्ला क्रिकेट मैदान निर्माणका लागि ५ करोड रुपैयाँ, धार्मिक स्थल बडीमालिकामा केवलकार सञ्चालनको सम्भाव्यता अध्ययन गर्न ३ करोड २५ लाख रुपैयाँ र स्थानीय उत्पादनहरूलाई ‘सुदूर कोशेली’ नामबाट ब्रान्डिङ गर्न १ करोड २० लाख रुपैयाँ विनियोजन भएको छ । 

यसका साथै प्रदेशको स्थायी राजधानी निर्माण प्रक्रियाका लागि १ करोड रुपैयाँ र कञ्चनपुरको दोधारा चाँदनीस्थित झोलुङ्गे पुल मर्मतका लागि १ करोड रुपैयाँ बजेट कायम गरिएको छ ।

प्रकाशित मिति : २५ आश्विन २०८३, आइतबार  ४ : ३५ बजे

ध्रुव राठीको समर्थनमा क्वाँ-क्वाँ रोए दीपक कलाल, ओभरएक्टिङ गरेपछि सामाजिक सञ्जालमा ट्रोल

काठमाडौं- भारतका भाइरल कन्टेन्ट क्रिएटर दीपक कलाल एक पटक फेरि

प्रधानाध्यापक र शिक्षिकामाथि कुटपिट गर्ने दुई जना पक्राउ

काठमाडौँ – काठमाडौँको कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका प्रधानाध्यापक र

इरानविरुद्ध युद्ध सुरु भएयता मध्यपूर्वमा ज्यान गुमाउने अमेरिकी सैनिकको सङ्ख्या २१ पुग्यो

काठमाडौं- इरानविरुद्ध युद्ध सुरु भएयता मध्यपूर्वमा ज्यान गुमाउने अमेरिकी सैनिकको

क्षतिग्रस्त बेनी-जोमसोम खण्डमा अस्थायी मार्ग निर्माण

म्याग्दी– कालीगण्डकी नदीको कटान र पहिरोले क्षतिग्रस्त बेनी-जोमसोम सडकमा अस्थायी मार्ग

बूढीगण्डकी बाढी : मनास्लु हिँडेका पर्यटक बीचैमा रोकिए

गण्डकी– बुढीगण्डकी नदीमा आज बिहान गएको बाढीले पदमार्गमा क्षति पुर्‍याउँदा गोरखाको