क्यानडाविरुद्ध सन्दीपले दिलाए नेपाललाई लगातार दुई सफलता « Khabarhub

क्यानडाविरुद्ध सन्दीपले दिलाए नेपाललाई लगातार दुई सफलता


२५ आश्विन २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग–२ अन्तर्गत क्यानडा विरुद्धको खेलमा नेपालले लगातार दुई सफलता हात पारेको छ । नेपालका कप्तान सन्दीप लामिछानेले इनिङ्सको १७ औँ ओभरको पहिलो र दोस्रो बलमा क्यानाडाको विकेट लिएका हुन् ।

खेलको १६ ओभर १ बलमा सन्दीपले आरोन जोनसनलाई आउट गरे । सन्दीपको बलमा आरोन जोनसन गुल्शन झाबाट क्याच आउट भए । आउट हुनुअघि उनले ४९ बलमा ४४ रन बनाए । यस क्रममा उनले ६ चौका प्रहार गरे ।

त्यस लगत्तै अर्को बलमा सन्दीपले क्यानाडाका आदित्य वर्द्धराजनको विकेट लिए । सन्दीपको बलमा आदित्य वर्द्धराजन अर्जुन कुमालबाट क्याच आउट भए ।

नेपालले दिएको २ सय ३६ रनको लक्ष्य पछ्याएको क्यानाडाले ताजा अवस्थामा १७ ओभरमा तीन विकेट गुमाउँदै ७५ रन जोडेको छ । यसअघि करण केसीले युवराज शम्रालाई आउट गरेका थिए ।

यसअघि ओमनको अल अमिरात क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले पूर्वकप्तान रोहित पौडेलको शतकको मद्दतमा पूरै ५० ओभर खेल्दै सबै विकेट गुमाएर नेपालले २३५ रन बनाएको थियो ।

नेपालका लागि चौथोक्रममा ब्याटिङ गर्न आएका रोहितले शतक बनाएका हुन् । रोहितले १२६ बलको सामना गर्दा ‍‍८ चाैका र एक छक्काको मद्दतमा ‍‍‍१०१ रन बनाए । उनी ४८ ओभर तीन बलमा आउट भए । यो रोहितको तेस्रो एकदिवसीय शतक हो । उनले कुशल भुर्तेलको एकदिवसीय शतक रेकर्ड तोडेका छन् ।

अन्तिममा आएर आक्रामक ब्याटिङ गरेका गुल्सन झा अर्धशतक बनाउन दुई रनले चुके । गुल्सनले चार चाैका र तीन छक्काको मद्दतमा ३४ बलमा ४८ रन बनाएका हुन् ।

नेपाली ओपनर अर्जुन कुमाल ५४ बलको सामना गरेर २३ र बसिर अहमेद ५७ बलमा ३० रन बनाएर आउट भएपछि रोहितले सम्हालिएर खेलेका हुन् ।

आशिफ शेख तीन बलमा चार रन बनाएर आउट हुँदा इशान पाण्डे चार बलको सामना गर्दा शून्य रनमै पेभिलियन फर्किएका थिए।

पछिल्लो क्रममा ब्याटिङ गर्न आएका करण केसी, नन्दन यादव र ललित राजवंशीले नेपालका लागि रन जोड्न सकेनन् । केसी चार रन बनाएर आउट हुँदा नन्दन र ललित दुई-दुई रनमा आउट भए ।

नेपालका कप्तान सन्दीप लामिछानेले दुई रन जोडे ।

नेपाललाई सस्तैमा समेट्न क्यानडाका अखिल कुमारले चार विकेट हात पार्दा सुखजिन्दर सिंहले तीन र जाहिद शिरजादले दुई विकेट हात पारे । लिग-२ को अन्तिम सिरिजमा खेलिरहेका नेपाल र क्यानडा दुवैका लागि यो खेल अंक तालिकामा स्थान सुधार गर्ने अवसर हो।

नेपालले शृंखलामा क्यानडा र ओमानसँग दुई–दुई खेल खेल्नेछ । लिग–२ को शीर्ष चार टोलीले सन् २०२७ मा हुने एक दिवसीय विश्वकप छनोट प्रतियोगितामा स्थान बनाउने छन् ।

लिग–२ को अन्तिम चार खेलमा आइपुग्दा नेपाल अंक तालिकाको सातौँ स्थानमा छ । नेपालले ३२ खेलबाट २४ अंक जोडेको छ । यस्तै, क्यानडाले ३३ खेलबाट २५, ओमानले २९ खेलबाट ३३ अंक बनाएका छन् ।

यसैगरी, नामिबिया ३५ खेलबाट ३१, यूएईले ३१ खेलबाट १९ अंक जोडेका छन् । अमेरिकाले ३४ खेलबाट ४७ अंक बनाएर च्याम्पियन बन्दा स्कटल्याण्डको ३६ खेलबाट ४५ र नेदरल्याण्ड्सको ३२ खेलबाट ३८ अंक छ ।

प्रकाशित मिति : २५ आश्विन २०८३, आइतबार  ४ : ४८ बजे

जिबुटीको तटमा डुङ्गा दुर्घटना : १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता

जिबुटी- अफ्रिकी मुलुक जिबुटीको तटमा डुङ्गा दुर्घटना हुँदा १५ बालबालिकासहित

शिक्षा विधेयकमा निजी विद्यालयको लगानी सुरक्षाबारे बहस

ललितपुर– शिक्षा विधेयकमा निजी विद्यालयको लगानी सुरक्षा, नीतिगत सहभागिता र

ध्रुव राठीको समर्थनमा क्वाँ-क्वाँ रोए दीपक कलाल, ओभरएक्टिङ गरेपछि सामाजिक सञ्जालमा ट्रोल

काठमाडौं- भारतका भाइरल कन्टेन्ट क्रिएटर दीपक कलाल एक पटक फेरि

प्रधानाध्यापक र शिक्षिकामाथि कुटपिट गर्ने दुई जना पक्राउ

काठमाडौँ – काठमाडौँको कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका प्रधानाध्यापक र

इरानविरुद्ध युद्ध सुरु भएयता मध्यपूर्वमा ज्यान गुमाउने अमेरिकी सैनिकको सङ्ख्या २१ पुग्यो

काठमाडौं- इरानविरुद्ध युद्ध सुरु भएयता मध्यपूर्वमा ज्यान गुमाउने अमेरिकी सैनिकको