क्यानडाविरुद्ध नेपाललाई छैठौँ सफलता « Khabarhub

क्यानडाविरुद्ध नेपाललाई छैठौँ सफलता


२५ आश्विन २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग–२ अन्तर्गत क्यानडा विरुद्धको खेलमा नेपालले छैठौँ सफलता पाएको छ । नेपालका ललीत राजवंशीले इनिङ्सको ३४ ओभर ३ बलमा क्यानाडाका श्रेयस मोभ्भालाई आउट गरे ।

ललीतको बलमा श्रेयस कट बिहाइन्ड भए । आउट हुनुअघि उनले ३४ बलमा २६ रन बनाए । यस क्रममा उनले १ चौका र १ छक्का प्रहार गरे ।

हालसम्म नेपालका ललीत र कप्तान सन्दीप लामिछानेले समान दुई र करण केसीले एक विकेट लिएका छन् ।

यसअघि ओमनको अल अमिरात क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले पूर्वकप्तान रोहित पौडेलको शतकको मद्दतमा पूरै ५० ओभर खेल्दै सबै विकेट गुमाएर २३५ रन बनाएको थियो ।

नेपालले शृंखलामा क्यानडा र ओमानसँग दुई–दुई खेल खेल्नेछ । लिग–२ को शीर्ष चार टोलीले सन् २०२७ मा हुने एक दिवसीय विश्वकप छनोट प्रतियोगितामा स्थान बनाउने छन् ।

लिग–२ को अन्तिम चार खेलमा आइपुग्दा नेपाल अंक तालिकाको सातौँ स्थानमा छ । नेपालले ३२ खेलबाट २४ अंक जोडेको छ । यस्तै, क्यानडाले ३३ खेलबाट २५, ओमानले २९ खेलबाट ३३ अंक बनाएका छन् ।

यसैगरी, नामिबिया ३५ खेलबाट ३१, यूएईले ३१ खेलबाट १९ अंक जोडेका छन् । अमेरिकाले ३४ खेलबाट ४७ अंक बनाएर च्याम्पियन बन्दा स्कटल्याण्डको ३६ खेलबाट ४५ र नेदरल्याण्ड्सको ३२ खेलबाट ३८ अंक छ ।

प्रकाशित मिति : २५ आश्विन २०८३, आइतबार  ५ : ५५ बजे

वीणा जोशीलाई २०८२ सालको मदन पुरस्कार

काठमाडौं– मदन पुरस्कार गुठीले २०८२ सालको मदन पुरस्कार ‘नेवार समुदायका

बूढीगण्डकी बाढीपीडितको उद्धार र राहतमा सरकार सक्रिय

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले गोरखाको उत्तरी क्षेत्रमा आइतबार बुढीगण्डकी नदीमा

एक्स्ट्रिम म्युजिक सिरिजको सुरुवात : नेपाली सङ्गीतमा नयाँ बीट, नयाँ भाइब

काठमाडौं– नेपाली सङ्गीतमा नयाँ पुस्ताको भावना, सिर्जनशीलता र मौलिकतालाई प्रवद्र्धन

रोहितले शतक हान्दा क्यानडाविरुद्ध नेपाल २४ रनले विजयी

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग–२ अन्तर्गत क्यानाडा विरुद्धको खेलमा नेपाल