प्रदेशस्तरीय ब्याडमिन्टनको बम र निर्वाचन क्षेत्रको उपाधि सिंहको जोडीलाई « Khabarhub

प्रदेशस्तरीय ब्याडमिन्टनको बम र निर्वाचन क्षेत्रको उपाधि सिंहको जोडीलाई


२५ आश्विन २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर- कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको झलारीमा आज सम्पन्न सुदूरपश्चिम प्रदेशस्तरीय खुला ब्याडमिन्टन प्रतियोगिताको उपाधि धनगढीका राजेन्द्र बमको जोडीले जितेको छ । फाइनल खेलमा झलारीका विवेक ऐर र परमानन्द जोशीको जोडीलाई दुई सोझो सेटले पराजित गर्दै राजेन्द्र बम र नरेन्द्र जैसीको टिमले उपाधि जितेको हो । बम र जैसीको जोडीले ऐर र जोशीको जोडीलाई २१-१७ र दोस्रो सेटमा २१-१५ ले पराजित गरेको छ ।

उपाधि विजेता जोडी रु ४० हजार नगद, ट्रफी र मेडलबाट पुरस्कृत भएको छ । भने उपविजेता टिमले रु २० हजार नगदसहित पुरस्कृत भएको छ । दसैँ र शुभ दिवापलीको अवसर पारेर शुक्लाफाँटा ब्याडमिन्टन सङ्घले आयोजना गरेको प्रतियोगिताको कञ्चनपुर निर्वाचन क्षेत्र नं २ स्तरीय प्रतियोगिताको उपाधि राष्ट्रिय समाचार समिति कञ्चनपुरका प्रमुख शेरबहादुर सिंहको जोडीले जितेको छ ।

प्रतियोगितामा सिंह र डम्बर कुवँरको जोडीले तेजबहादुर साउद र तेज जोशीको जोडीलाई सोझो सेटमा पराजित गरेको छ । सिंह र कुवँरको जोडीले २१-१४ र २१-१० को सोझो सेटमा साउँद र जोशीको जोडीलाई पराजित गरेको शुक्लाफाँटा व्याडमिन्टन सङ्घका अध्यक्ष पुष्पराज भट्टले बताए । निर्वाचन क्षेत्रस्तरीय प्रतियोगिताको उपाधि जित्दै सिंह र कुवँर रु ३० हजार नगद, ट्रफि र मेडलबाट पुरस्कृत भएका छन् ।

त्यस्तै, उपविजेता साउद र जोशीको जोडी रु १५ हजार नगदसहित पुरस्कृत भएको छ । प्रतियोगितामा उपाधि विजेता, उपविजेता मिटलाई शुक्लाफाँटा नगरपालिकाका नगरप्रमुख रणबहादुर महराले पुरस्कृत गरे । प्रतियोगितामा प्रदेश खुला बी लेभलतर्फ ६४ र निर्वाचन क्षेत्रस्तरीयमा ३२ समूह सहभागी थिए ।

प्रकाशित मिति : २५ आश्विन २०८३, आइतबार  ६ : ४१ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँच जना पक्राउ

काठमाडौं – भक्तपुरको मध्यपुरथिमि नगरपालिका-१ लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

बूढीगण्डकी बाढी : पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार

काठमाडौं – गोरखाको बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीका कारण पाँच

दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट

कञ्चनपुर – सुदूरपश्चिम प्रदेश सरकारले कञ्चनपुरको भीमदत्त र दोधारा-चाँदनी जोड्ने

शक्तिशाली भूकम्पका परकम्पपछि पानामामा सङ्कटकाल घोषणा

काठमाडाैं – शक्तिशाली भूकम्पपछि लगातार आएका परकम्पले बस्ती हल्लाएसँगै पानामा

इरान र ओमानद्वारा क्षेत्रीय शान्ति र स्थिरताप्रति प्रतिबद्धता

तेहरान – इरानका राष्ट्रपति मसूद पेजेसिकयान र ओमानका सुल्तान हैथम