बूढीगण्डकी बाढी : पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार « Khabarhub

बूढीगण्डकी बाढी : पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार


२५ आश्विन २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गोरखाको बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीका कारण पाँच जना सम्पर्कविहीन भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार चुमनुब्री गाउँपालिका–६ चुम्चेतस्थित उङ्लिुङका दुई महिला र तीन पुरुष परिवारको सम्पर्कविहीन भएका छन् ।

प्रभावित क्षेत्रबाट नेपाली सेनाको चार वटा हेलिकप्टर परिचालन गरी हालसम्म नौ विदेशीसहित ८२ जनाको उद्धार गरिएको प्राधिरणका प्रवक्ता शान्ति महतले जानकारी दिए । बाढीबाट दुई वटा पक्की र दुई वटा झोलुङ्गे पुल, तीन वटा जलविद्युत आयोजना, चार वटा हवन कुण्ड, ४५ घरमा पूर्ण र २७ घरमा आंशिक क्षति पुगेको छ । यस्तै ३४ गोठ र १३ वटा बङ्गुरको खोर तथा तीन वटा सवारीसाधनमा बाढीले क्षति पुर्‍याएको छ ।

गोरखाको चुमनुब्री गाउँपालिका–६ चुम्लिङ नजिकै उङ्गिलुङ खोलाबाट गेग्रानसहितको बहाव आई स्यार खोला थुनिएर बाढी आएको प्राधिकरणको प्रारम्भिक विश्लेषण छ । सो बाढीको थप अध्ययन भइरहेको छ ।

प्रभावित क्षेत्रमा ५० वटा टेन्ट, ५० वटा त्रिपाल, २०० वटा म्याट्रेस, २०० वटा ब्लाङ्केट, २०० वटा स्लिपिङ व्याग, १०० वटा सोलार लाइट, ५० वटा भान्छाका सामान, १० वटा जेनेरेटर, १३० वटा ज्याकेट, २० वटा हाइजिन किट, ९० वटा खानाको प्याकेट, १० वटा बेबी बास्केट र २० वटा रोयल व्याग पठाइएको प्राधिकरणले जनाएको छ ।

बाढीका कारण पत्ता लगाउन ड्रोन तथा भूगर्भविद्सहितको तीन जनाको टोली परिचालित गरिएको प्राधिकरणले जनाएको छ । यस्तै नेपाली सेनाबाट तीन वटा विशेष फौजसहित १७१, नेपाल प्रहरीबाट १४३ र सशस्त्र प्रहरी बलबाट ३८९ गरी ७०३ सुरक्षाकर्मी प्रभावित क्षेत्रमा परिचालित भएका छन् ।

प्रकाशित मिति : २५ आश्विन २०८३, आइतबार  ९ : ०४ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल