चाडपर्वमा चोरी हुन सक्ने भन्दै सजग रहन पर्सा प्रहरीको अनुरोध « Khabarhub

चाडपर्वमा चोरी हुन सक्ने भन्दै सजग रहन पर्सा प्रहरीको अनुरोध


२५ आश्विन २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज – जिल्ला प्रहरी कार्यालय पर्साले चाडपर्वको समयमा हुन सक्ने चोरी, डकैती र लुटपाट जस्ता आपराधिक क्रियाकलापबाट बच्न तथा आफ्नो धनमाल सुरक्षित राख्ने सन्दर्भमा आवश्यक सावधानी अपनाउन जिल्लाबासीलाई अनुरोध गरेको छ ।

कार्यालयले आज विजयादशमीको शुभकामना व्यक्त गर्दै चाडपर्वको समयमा हुन सक्ने चोरी, डकैती र लुटपाट जस्ता आपराधिक क्रियाकलापबाट बच्न तथा आफ्नो धनमाल सुरक्षित राख्नका लागि आवश्यक सावधानी अपनाउनुहुन सबैमा अनुरोध गरेको हो ।

प्रहरीले चाडपर्वमा आफन्तकोमा वा बजार जाँदा घरका झ्याल ढोकाहरू सुरक्षित रूपमा बन्द गरौँ, छिमेकी वा स्थानीय प्रहरीलाई आफ्नो अनुपस्थितिको जानकारी दिन र सुनचाँदीका गहना, महँगा इलेक्ट्रोनिक्स सामान र धेरै नगद रुपैयाँ घरमा अलपत्र नछोडौँ, सुरक्षित लकर वा बैंकमा राख्ने व्यवस्था मिलाउनसमेत अपिल गरेको छ ।

प्रहरीले भनेको छ, “आफ्नो छरछिमेकमा कोही अपरिचित वा शङ्कास्पद व्यक्तिहरू बिना काम डुलिरहेका देखेमा वा असामान्य गतिविधि पाएमा तुरुन्तै एक–अर्कालाई खबर गरौँ र सम्भव भएसम्म घर, पसल वा व्यावसायिक प्रतिष्ठानमा सिसीटिभी क्यामेरा र सुरक्षित आधुनिक लक प्रणाली जडान गरी चोरीको जोखिम कम गरौँ ।”

कार्यालयका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता चक्रबहादुर मल्लले यात्रा गर्दा वा सार्वजनिकस्थलमा अपरिचित व्यक्तिले दिएको खानेकुरा वा पेयपदार्थ नखान र नशालु पदार्थ मिसाएर लुटपाट हुन सक्ने हुनाले सधैँ सजग रहन सबैमा अनुरोध गर्नुभएको छ ।

प्रहरीले ओसारपसार र बिक्री वितरण पूर्णरूपमा प्रतिबन्धित भयकले, यस्ता कार्यमा संलग्न नबन्न, आफ्नो मोटरसाइकल वा गाडी जथाभाबी नमिलाइ पार्किङ नगरौँ, सुरक्षित पार्किङस्थलमा ह्विल लक वा थप सुरक्षा प्रविधि प्रयोग गरेर मात्र राख्न आग्रह गरेको छ ।

प्रकाशित मिति : २५ आश्विन २०८३, आइतबार  ९ : ५४ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल