बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली « Khabarhub

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली


२५ आश्विन २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो स्थानमा ‘बेलीब्रिज’ जडान गर्ने तयारीका लागि नेपाली सेनाको टोली खटिएको छ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार, सैनिक इन्जिनियरिङ टोली उक्त कामका लागि खटिइएको हो ।

बाढीबाट प्रभावितको उद्धारका लागि आइतबार दिनभर सेनाका एमआई–१७ सहित चारवटा हेलिकोप्टर परिचालित भएका थिए । हेलिकोप्टर र स्थलमार्गबाट खटिएको फौजद्वारा प्रभावित विभिन्न क्षेत्रबाट हालसम्म जम्मा ९५ जनालाई उद्धार गरी सुरक्षित स्थानमा पुर्‍याइएको निर्देशनालयले जनाएको छ ।

सैनिक टोलीले गोरखाको जगतबाट १७, यारुबाट दुई, ठूलोढुंगाबाट १३, दोभानबाट तीन, फिलिमबाट दुई, न्याक्फेदीबाट १७, पायुबाट १२, नामरुङबाट तीन, देङबाट तीन र धौलीबाट तीन जनाको उद्धार गरेको हो ।

उद्धार गरिएकामध्येबाट नौ विदेशीसहित ३५ जनालाई आरुघाटबाट काठमाडौं ल्याइएको छ । प्रभावित क्षेत्रमा अन्य सुरक्षा निकाय तथा सम्बन्धित सरोकारवालासँगको समन्वयमा खोज तथा उद्धार कार्य जारी रहेको सेनाले जनाएको छ ।

प्रकाशित मिति : २५ आश्विन २०८३, आइतबार  १० : २६ बजे

एनपीएल खेल्न नेपाल आइपुगे डेभिड वार्नर (तस्बिरहरू)

काठमाडौं – अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर नेपाल आइपुगेका छन्

आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीस्थित आज साँझ माइक्रो

भद्रपुरले जित्यो अन्तरराष्ट्रिय हक्की प्रतियोगिताको उपाधि

झापा – पहिलोपटक जिल्लामा सञ्चालित ‘प्रथम अन्तरराष्ट्रिय नकआउट हक्की प्रतियोगिता’

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर