अमेरिकी रक्षामन्त्री हेग्सेथविरुद्ध महाभियोग प्रयास विफल « Khabarhub

अमेरिकी रक्षामन्त्री हेग्सेथविरुद्ध महाभियोग प्रयास विफल


२५ कार्तिक २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अमेरिकी प्रतिनिधिसभामा रक्षामन्त्री पीट हेग्सेथविरुद्ध महाभियोग लगाउने प्रयास विफल भएको छ । इरान युद्ध सञ्चालन गरेको विषयलाई लिएर उनीमाथि महाभियोग प्रक्रिया अघि बढाउने प्रस्तावलाई रिपब्लिकन सांसदहरूले असफल बनाएका हुन् ।

मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले पराजय व्यहोरेको केही दिनपछि आएको यस निर्णयले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई संसद्मा राहत दिएको छ ।

प्रतिनिधिसभामा महाभियोग प्रस्तावलाई न्यायिक समितिमा पठाउने पक्षमा २११ र विपक्षमा २०४ मत परेको थियो । प्रस्ताव पारित हुन नसकेपछि हेग्सेथमाथि औपचारिक महाभियोग आरोप लगाउने विषयमा बुधबार हुने भनिएको मतदानसमेत रोकिएको छ । ट्रम्पका आलोचक रिपब्लिकन सांसद थोमस म्यासीले पेस गर्नुभएको प्रस्तावलाई आफ्नै पार्टीका सांसदहरूले समेत समर्थन गरेनन् ।

म्यासीले पेस गरेको प्रस्तावमा कङ्ग्रेसको स्वीकृतिबिना इरानविरुद्ध युद्ध सञ्चालन गरेको, अधिकारको दुरुपयोग गरेको तथा यमनका हुथी विद्रोही र लागूऔषध तस्करीमा संलग्न रहेको आशङ्का गरिएका डुङ्गामाथि आक्रमण गरेको लगायत आठवटा आरोप समेटिएका थिए । त्यस्तै, सिनेटर मार्क केलीमाथि कारबाहीको प्रयासमार्फत अभिव्यक्ति स्वतन्त्रता दबाउन खोजेको आरोप पनि लगाइएको थियो ।

रक्षामन्त्री हेग्सेथले महाभियोगको प्रयासलाई राजनीतिक प्रहसनको संज्ञा दिँदै आफूमाथिका आरोप अस्वीकार गरेका छन् । उनले इरान, यमन र भेनेजुएलाविरुद्ध सञ्चालन गरिएका सैन्य कारबाहीको बचाउ गर्दै आवश्यक परे पुनः त्यस्ता कारबाही गर्न तयार रहेको बताएका छन् ।

राष्ट्रपति ट्रम्पले हेग्सेथको कार्यसम्पादनको प्रशंसा गर्दै प्रतिनिधिसभाको मतदान परिणामलाई आफ्नो पक्षको विजयका रूपमा स्वागत गरे। उपराष्ट्रपति जे डी भान्सले पनि रक्षामन्त्रीले महाभियोग लगाउनुपर्ने कुनै अपराध नगरेको बताए ।

यद्यपि, आगामी जनवरीमा डेमोक्रेटिक पार्टीले कङ्ग्रेसको नियन्त्रण लिएपछि हेग्सेथविरुद्ध महाभियोगको प्रयास पुनः अघि बढ्न सक्ने सम्भावना छ ।

ट्रम्प समर्थित उम्मेदवारसँग पार्टीको प्राथमिक निर्वाचनमा पराजित भएका प्रस्तावक म्यासीले भने आफ्नो कार्यकाल सकिएपछि कङ्ग्रेस छाड्नेछन् ।

प्रकाशित मिति : २५ कार्तिक २०८३, बुधबार  ११ : ३१ बजे

भाइटीका लगाउन बालगोपालेश्वर मन्दिरमा श्रद्धालुको भीड (तस्बिरहरू)

काठमाडौं – भाइटीका पर्वका अवसरमा काठमाडौंको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा बिहानैदेखि

अधुरो हुलाकी सडक निर्माण प्रक्रिया सुरु

राँझा– बाँके र दाङको सीमावर्ती क्षेत्रमा अधुरो रहेको ५८ किलोमिटर

अमेरिकी रक्षामन्त्री हेग्सेथविरुद्ध महाभियोग प्रयास विफल

काठमाडौँ– अमेरिकी प्रतिनिधिसभामा रक्षामन्त्री पीट हेग्सेथविरुद्ध महाभियोग लगाउने प्रयास विफल

फाल्गुनन्दको मार्गनिर्देशनले समाजलाई एकताबद्ध बनाएको छ : राष्ट्रपति पौडेल

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले महागुरु फाल्गुनन्दले देखाएको मार्गनिर्देशनले नेपाली समाजलाई

ट्रम्पको बीबीसीविरुद्धको पाँच अर्ब डलरको मानहानि मुद्दा अघि बढ्ने

काठमाडौँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायती प्रसारण संस्था बीबीसीविरुद्ध दायर गरेको