काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले यस वर्षको भाइटीका ग्रहण गरेका छन् । उनले राष्ट्रपति भवन शीतल निवासमा बहिनी शारदा पण्डितबाट भाइटीका लगाएका हुन् ।
राष्ट्रपति पौडेलले आज बिहान ११ बजेर ७ मिनेटको शुभसाइतमा विधिपूर्वक भाइटीका ग्रहण गर्नुभएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।
सो अवसरमा बहिनी शारदाले राष्ट्रपतिलाई ओखर, बदामसहितका फलफूल तथा विभिन्न उपहार प्रदान गरेका थिए । राष्ट्रपतिले पनि बहिनीलाई टीका लगाइदिनुका साथै उपहार र दक्षिणा प्रदान गरेका थिए।
नेपाल पञ्चाङ्ग विकास निर्णायक समितिले यस वर्ष भाइटीका लगाउने उत्तम साइत बिहान ११ बजेर ७ मिनेट निर्धारण गरेको थियो ।
यमपञ्चकको अन्तिम दिन मनाइने भाइटीकामा दिदीबहिनीले दाजुभाइलाई र दाजुभाइले दिदीबहिनीलाई टीका लगाई सुख, शान्ति, समृद्धि र दीर्घायुको कामना गर्ने परम्परा छ ।














प्रतिक्रिया