कोप–३१ मा ट्रम्प र सीसहित प्रमुख विश्व नेताहरू अनुपस्थित हुने « Khabarhub

कोप–३१ मा ट्रम्प र सीसहित प्रमुख विश्व नेताहरू अनुपस्थित हुने


२५ कार्तिक २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – जलवायु सङ्कट समाधानका लागि विश्वव्यापी दबाब बढिरहेका बेला टर्कीमा जारी कोप–३१ जलवायु सम्मेलनमा अमेरिका र चीनसहित प्रमुख देशका शीर्ष नेताहरू अनुपस्थित हुने भएका छन् ।

विश्वका ठूला अर्थतन्त्रका नेताहरू नै सम्मेलनमा सहभागी नहुने भएपछि जलवायु परिवर्तन नियन्त्रणप्रतिको उनीहरूको प्रतिबद्धतामाथि प्रश्न उठेको छ ।

बुधबार र बिहीबार आयोजना हुने उच्चस्तरीय सत्रमा टर्की, ब्राजिल र इरानका राष्ट्रपतिसहित दर्जनौँ देशका नेताले सम्बोधन गर्ने कार्यक्रम छ । तर, बेलायती प्रधानमन्त्री एन्डी बर्नह्यामबाहेक जी–७ का अन्य सदस्य राष्ट्रका सरकार प्रमुख सम्मेलनमा सहभागी नहुने भएका छन् ।

फ्रान्स, जर्मनी, इटाली, क्यानडा र जापानका सरकार प्रमुख पनि सम्मेलनमा अनुपस्थित रहनेछन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङको अनुपस्थितिले जलवायु वार्तामा विश्वका दुई ठूला अर्थतन्त्रको प्रत्यक्ष सहभागिता कमजोर हुने देखिएको छ । चीनका तर्फबाट उपराष्ट्रपति हान झेङ सहभागी हुनेछन् ।

यद्यपि, ब्राजिलका राष्ट्रपति लुइज इनासिओ लुला दा सिल्भाको सहभागिताले जलवायु अभियानकर्मीलाई केही आशा जगाएको छ ।

सम्मेलनमा ऊर्जा खपतलाई विद्युतीय प्रणालीतर्फ रूपान्तरण गर्ने टर्कीको प्रस्ताव र त्यसका लागि स्वच्छ ऊर्जाको प्रयोग बढाउनुपर्ने युरोपेली सङ्घ (ईयु) को जोडबीच बहस हुने अपेक्षा गरिएको छ ।

सन् २०२३ मा सम्पन्न कोप–२८ सम्मेलनमा विश्वका राष्ट्रहरूले जीवाश्म इन्धनबाट क्रमशः टाढिने सहमति गरेका थिए । तर, उक्त प्रतिबद्धता कार्यान्वयनका लागि राष्ट्रहरूले अपेक्षित प्रगति गर्न सकेका छैनन् । यही पृष्ठभूमिमा कोप–३१ मा हुने छलफललाई महत्त्वका साथ हेरिएको छ ।

प्रकाशित मिति : २५ कार्तिक २०८३, बुधबार  १२ : ४५ बजे

कोप–३१ मा ट्रम्प र सीसहित प्रमुख विश्व नेताहरू अनुपस्थित हुने

काठमाडौँ – जलवायु सङ्कट समाधानका लागि विश्वव्यापी दबाब बढिरहेका बेला

राष्ट्रपति पौडेलले बहिनी शारदाबाट लगाए भाइटीका

काठमाडौँ–  राष्ट्रपति रामचन्द्र पौडेलले यस वर्षको भाइटीका ग्रहण गरेका छन्

हात्तीको बथानले घर भत्काउँदा कञ्चनपुरमा एक महिलाको मृत्यु

कञ्चनपुर – शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट बस्तीमा पसेको जंगली हात्तीको बथानले

साढे तीन महिनामा २०४ नयाँ उद्योग तथा वाणिज्य फर्म दर्ता

नवलपुर– नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा चालु आर्थिक वर्ष २०८३/८४ को साढे

रसुवाको ‘नागथली’ पर्यटकका लागि आकर्षक केन्द्र

रसुवा–  ‘नागथली’ आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक गन्तव्यका रूपमा