म्यानचेस्टर सिटीले विपक्षीको पोस्टमा गर्यो १० गोल « Khabarhub

म्यानचेस्टर सिटीले विपक्षीको पोस्टमा गर्यो १० गोल


२७ पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एफए कप अन्तर्गत शनिबार भएको खेलमा म्यानचेस्टर सिटीले एक्सेटर सिटीको पोस्टमा १० गोल गरेको छ। घरेलु मैदानमा भएको खेलको पहिलो हाफमा ४ गोल गरेको सिटीले दोस्रो हाफमा ६ गोल गरेको हो।

सिटीका लागि खेलको १२ औं मिनेटमा म्याक्स एलेनले गोल गर्दै अग्रता दिलाएका थिए। अर्को गोल रोड्रीले गरे भने पहिलो हाफमै एक्सेटरले आत्मघाती प्रहार गर्दै दुई गोल उपहार दिएको थियो।

पहिलो हाफमै ४–० ले पछाडि परेको एक्सेटर सिटीले दोस्रो हाफको दबाब थेग्न सकेन। सिटीका लागि इस्को लुइसले दुई गोल गरे भने एन्टोइन मेसेन्यो, तिजानी रोन्डर्स, निको ओराइली र रायन म्याकडुले थप गोल गरे।

एक्सेटर सिटीका लागि सान्त्वना गोल अन्तिम मिनेटमा जर्ज बिर्चले गरेसँगै खेल १०-१ गोल अन्तरमा सकिएको हो। यो नमिठो हारसँगै एक्सेटरको एफए कप यात्रा सकिएको छ।

प्रकाशित मिति : २७ पुस २०८२, आइतबार  ७ : २५ बजे

आँखारोगीको खोजी गर्दै पौवादुङमा

भोजपुर– ग्रामीण भेगमा रहेका आँखारोगीको पहिचान गर्दै उनीहरूलाई सहज रुपमा

राष्ट्रपति पौडेल आज जापान भ्रमणमा जाँदै 

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले आज (आइतबार) जापानको औपचारिक भ्रमणमा जाने

एक महिना लामो स्वस्थानी व्रत आज सकिँदै

काठमाडौं– पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घरघरमा सुरु

उच्च पहाडी भेगका एकदुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

न्युजिल्यान्डविरुद्धको टी-२० सिरिजमा भारत ४-१ ले विजयी

काठमाडौं – न्युजिल्यान्डविरुद्धको टी-२० सिरिजमा भारतले ४-१ को जित निकालेको