थारू समुदायको ‘ढुम्री’ नाच लोप हुँदै « Khabarhub

थारू समुदायको ‘ढुम्री’ नाच लोप हुँदै


२७ पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

दाङ– थारू समुदायले माघीको अघिल्लो दिन अर्थात् पुसको अन्तिम दिन रातभर ढुम्री नाच्ने चलन थियो । गाउँका थारू समुदायका अगुवा वा महतवाको घरमा जम्मा हुने र रातभर ढुम्री गीत गाउने र नाच्ने चलन थियो । गीत गाउने, नाच्ने र रातभर आगो ताप्ने चलन थियो ।

‘यो हाम्रो संस्कार हो’, थारू अगुवा आशाराम चौधरीले भने, ‘रातभर नाचगान गर्ने र बिहान त्यही ढुम्री गीत गाउँदै नदी तथा खोलामा गएर नुहाउने गरिन्थ्यो । नुहाइसकेपछि महतवाले सबैलाई टीका लगाइदिने र पुनः महतवाकै घरमा पुग्ने चलन थियो ।’

महतवाका घरमा पुगेपछि सबै आआफ्नो घरमा जाने चलन भए पनि पछिल्लो समय यो चलन हराउँदै गएको थारू अगुवा चौधरीले बताए । ‘पुर्खाहरूले यस्तो चलन अपनाउनु हुन्थ्यो’, उनले भने, ‘तर अहिले नयाँ पुस्ताले यो कुरा चटक्कै छोड्नुभएको छ ।’

यस्तो चलन हराउँदै गएको २०–२५ वर्ष भइसकेको तुलसीपुर–१८ का फुलाराम चौधरीले बताए । ‘पहिलेपहिले उहाँहरूले यसरी ढुम्री नाच नाच्नुहुन्थ्यो । तर अहिले नाच्न छोडियो’, उनले भने ।

नयाँ पुस्तालाई यो नाचका बारेमा जानकारी नहुँदा पनि समस्या हुने गरेको नमूना भुह्यारथान तुलसीपुरका अध्यक्ष रामशरण चौधरीले बताए । उनका अनुसार यो नाचले थारू समुदायको एकताको भावना जागृत गर्ने भन्दै यसलाई संरक्षण गर्न लागिएको छ ।

‘हाम्रो संस्कार, संस्कृति नभई थारू समुदायलाई एक भएको सन्देश दिने कुरा पनि हो, तर यो लोप हुने अवस्थामा छ, यसलाई संरक्षण गर्नुपर्छ, भनेर हामी लागिपरेका छौँ’, उनले भने । यो नाच लोप भएपछि प्रत्येक वर्ष कार्यक्रम गरी नाच संरक्षणमा लागेको उनले बताए । यसले नयाँ पुस्तामा नाचका बारेमा जानकारी हुने उनको भनाइ छ । (रासस)

प्रकाशित मिति : २७ पुस २०८२, आइतबार  ८ : ३० बजे

‘विश्वकपको खेल सकिएलगत्तै इरानी टोलीलाई अमेरिका छाड्न बाध्य पारियो’

क्यालिफोर्निया- इरानका मुख्य प्रशिक्षक अमिर घालेनोईले आफ्नो टोलीलाई सम्भवतः ‘सम्पूर्ण

चुनावी समीक्षा र पार्टी पुनर्गठन अभियानमा एमाले, ओलीले भने, ‘कामको प्रचारमा चुक्दा सबैभन्दा ठूलो धक्का खायौँ’

काठमाडौं- फागुन २१ को निर्वाचनबाट प्रत्यक्षतर्फ ९ सिटमा खुम्चिएको नेकपा

 प्रदेश बजेट : सुदूरपश्चिमले अझै सच्याउँदैछ, के छन् ६ प्रदेशको बजेटमा नयाँ विशेषता ?

काठमाडौं– असार १ गते साँझसम्म ६ वटा प्रदेश र मध्यरातसम्म

विनियोजन विधेयकमाथि छलफल जारी : खर्च कटौतीका प्रस्ताव प्रस्तुत

काठमाडौं– प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८३ को विभिन्न शीर्षकमाथिको छलफल जारी

सडक सुरक्षा सुधारमा सरकार गम्भीर हुनुपर्छ : सभापति गजुरेल

काठमाडौं– सङ्घीय संसद्, प्रतिनिधिसभाअन्तर्गत पूर्वाधार विकास समितिमा सडक सुरक्षा, यातायात