रानी मुखर्जीको ‘मर्दानी ३’ रिलिज मिति सार्वजनिक  « Khabarhub

रानी मुखर्जीको ‘मर्दानी ३’ रिलिज मिति सार्वजनिक 


२७ पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बलिउडको चर्चित महिला–केन्द्रित प्रहरी फ्रेन्चाइज ‘मर्दानी’ फेरि एकपटक दर्शकमाझ धमाकेदार रूपमा फर्किने तयारीमा छ । 

यशराज फिल्म्सले फेब्रुअरी २७ मा रिलिज हुने भनिएको रानी मुखर्जी अभिनीत ‘मर्दानी ३’ को रिलिज मिति अगाडि सार्दै  ३० जनवरी २०२६ मा प्रदर्शनमा आउने घोषणा गरेको छ । 

मिति घोषणासँगै सार्वजनिक गरिएको पहिलो पोस्टरले फिल्म अहिलेसम्मकै सबैभन्दा गहिरो , हिंसात्मक र गम्भीर हुने संकेत दिएको छ ।

एक दशकभन्दा बढी समयदेखि ‘मर्दानी’ हिन्दी सिनेमाको सबैभन्दा सफल र एकमात्र महिला प्रधान प्रहरी फ्रेन्चाइजका रूपमा आफ्नो बलियो पहिचान बनाउँदै आएको छ । 

तेस्रो भागमा पनि अभिनेत्री रानी मुखर्जी आफ्नो चर्चित पात्र शिवानी शिवाजी रोय को भूमिकामा पुनः देखिँदै छिन् । निडर, कठोर र न्यायका लागि कुनै सम्झौता नगर्ने प्रहरी अधिकृत शिवानीको यो अवतार अझ शक्तिशाली र गहिरो हुने बताइएको छ।

भारतीय मिडिया अनुसार, अभिराज मिनावालाको निर्देशन तथा आदित्य चोपडाको निर्माणमा तयार हुँदै गरेको ‘मर्दानी ३’ ले अघिल्ला भागझैं समाजका संवेदनशील र असहज यथार्थलाई निर्भीक रूपमा उजागर गर्ने परम्परा कायम राख्नेछ । 

पहिलो भाग  ‘मर्दानी’ ले मानव बेचबिखनजस्तो गम्भीर विषय उठाएको थियो भने ‘मर्दानी २’ ले मानसिक रूपमा विक्षिप्त सिरियल अपराधीको डरलाग्दो मानसिकता देखाएको थियो। तेस्रो भागमा पनि समाजको अर्को अँध्यारो र क्रूर पक्षलाई पर्दामा ल्याइने बताइएको छ ।

प्रकाशित मिति : २७ पुस २०८२, आइतबार  १२ : ४५ बजे

फ्लप बन्यो प्रियंकाको ‘कपी’ फिल्म ‘मास्टर्नी’

काठमाडौं – नायिका प्रियंका कार्कीको होम प्रोडक्सनमा बनेको पहिलो फिल्म

बेत्रावतीबासी भन्छन्- तत्काल गम्भीर भएर उद्धार गरिदिनुस्

काठमाडौं– रसुवा बाढीका कारण पूर्ण रुपमा क्षति भएको बेत्रावतीका स्थानीयहरुले

रसुवा बाढी : बेपत्ताको संख्या यकिन गर्न कठिन, खोजी तथा उद्धार तीव्र

काठमाडौं – रसुवा बाढीमा बेपत्ता भएका व्यक्तिको यकिन संख्या निर्धारण गर्न

जापानको औद्योगिक उत्पादनमा सामान्य वृद्धि

एजेन्सी– जापानको औद्योगिक उत्पादन जुलाईमा अघिल्लो महिनाको तुलनामा शून्य दशमलव

बौद्धनाथ क्षेत्र विकास समितिको अध्यक्षमा सुरेन्द्र बज्राचार्य

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले श्री बौद्धनाथ क्षेत्र