किराती–साम्पाङ भेटवार्ता सकारात्मक, दुवै सुनसरी–१ बाट उठ्ने तयारीमा « Khabarhub

किराती–साम्पाङ भेटवार्ता सकारात्मक, दुवै सुनसरी–१ बाट उठ्ने तयारीमा


२७ पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


363
Shares
  • change font
  • change font
  • change font

धरान– पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टी अध्यक्ष परिषद्का सदस्य सुदन किराती र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङबीच आइतबार भेटवार्ता भएको छ।

धरानको रमाइलो चोकस्थित होटल ह्वाइट डोभमा भएको भेटमा देशको राजनीतिक र आर्थिक संकट तथा त्यसको निकासबारे गम्भीर छलफल भएको किरातीले बताए। 

भेटवार्ता सकारात्मक रहेको र आगामी दिनमा पनि संवादलाई निरन्तरता दिने सहमति भएको दुवै पक्षले जनाएका छन्।

भेटका क्रममा हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी र प्रगतिशील लोकतान्त्रिक पार्टीबीच सहकार्य गर्ने विषयमा पनि समझदारी बनेको छ। औपचारिक गठबन्धनबारे निर्णय नभए पनि राजनीतिक सहकार्यको ढोका खुला राख्ने सहमति भएको बुझिएको छ।

यसैबीच प्रगतिशील लोकतान्त्रिक पार्टीले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि सुनसरी क्षेत्र नम्बर १ बाट सुदन किरातीको नाम उम्मेदवारका रूपमा सिफारिस गरिसकेको छ। 

उता धरानका मेयर साम्पाङले पनि सुनसरी १ बाट उठ्ने तयारी गरेका छन् । सुदनलाई पार्टीको सुनसरी जिल्ला कार्यसमितिले फागुन २१ गते हुने निर्वाचनका लागि केन्द्रमा सिफारिस  पठाएको छ। 

२०७९ मंसिरमा भएको प्रतिनिधि सभा निर्वाचनमा किराती तत्कालीन माओवादी केन्द्रका तर्फबाट भोजपुरबाट निर्वाचित भएका थिए। 

माओवादी केन्द्र विभिन्न वाम दलसँग एकीकृत भई नेकपा बनेपछि जनार्दन शर्मासँगै अलग भएका किराती हाल नवगठित प्रगतिशील लोकतान्त्रिक पार्टीमा छन्।

सुनसरी–१ धरान उपमहानगरपालिका समेटिएको क्षेत्र हो, जहाँ हर्क साम्पाङ मेयर छन्। साम्पाङले आगामी निर्वाचनमा यही क्षेत्रमा उठ्ने तयारी गरेका छन् ।

प्रकाशित मिति : २७ पुस २०८२, आइतबार  १ : २८ बजे

विशेष महाधिवेशनको उद्घाटन सत्र साँच्चै विशेष रह्यो : गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन विशेष

बन्दसूचीबाट नाम फिर्ता लिन चाहने उम्मेदवारलाई निवेदन दिन आयोगको आग्रह

काठमाडौं- निर्वाचन आयोगले समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारले आफ्नो नाम फिर्ता

एल क्लासिको : बार्सिलोना र रियल मड्रिड भिड्दै

काठमाडौं – विश्व फुटबलकै सबैभन्दा चर्चित प्रतिस्पर्धा एल क्लासिको अन्तर्गत

सबैलाई शुभकामना, हामी आउँदैछौँ : बालेन

काठमाडौँ – काठमाडौँ महागनरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले आफूहरू आउँदै

कांग्रेस विशेष महाधिवेशनमा तन्नेरी आवाज : पार्टीमा अब नयाँ नेतृत्व

काठमाडौं- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको पहिलो दिन भृकुटीमण्डपमा देशधरबाट