विभाजन होइन, कांग्रेसको एकताका लागि अघि बढिरहनेछु : डा. कोइराला « Khabarhub

विभाजन होइन, कांग्रेसको एकताका लागि अघि बढिरहनेछु : डा. कोइराला


२७ पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले विशेष महाधिवेशनबारे भिडियो सन्देश जारी गरेका छन् । विशेष महाधिवेशन चलिरहेका बेला कोइरालाले भिडियो सन्देश जारी गरेर आफू सधैँ कांग्रेस विधि विधान र नीतिअनुसार चलोस् भन्ने पक्षमा रहेको बताएका छन् । उनले आफूसँग अन्य साथीहरू रुष्ट हुँदाहुँदै पनि कांग्रेसका लागि निरन्तर लडेको उल्लेख गरेका छन् ।

‘म यहाँ प्रष्ट भन्न चाहन्छु, मेरो निजी महत्वकाङ्क्षा केही छैन । मन्त्री, महामन्त्री पदहरू पटकपटक आए तर मैले यस्ता अवसरमा रुचि देखाइनँ । त्यस्तै, सभापति, प्रधानमन्त्री हुने कुराले मलाई लोभ्याउँदैन ।’ कोइरालाले भिडियो सन्देशमा भनेका छन्, ‘मैले परिवारबाट पाएको यही शिक्षा मेरो जीवन दर्शन हो । म यही जीवन दर्शनबाट अभिप्रेरित भएर कांग्रेसको समग्र एकताको पक्षमा छु । एकातिर मैले शेरबहादुर देउवाको कार्यशैलीसँग लड्नुपरेको थियो भने अर्कोतिर ती युवाहरूको असन्तोषको सामना गरिरहनुपरेको छ, जो ऊर्जावान र जोशिलो भएर मेरो अगाडि उपस्थित हुन्छन् ।’

उनले आफूलाई कांग्रेस विधानमा के छ भन्ने कुरा सम्पूर्ण जानकारी रहेको बताउँदै । काङ्ग्रेस विशेष महाधिवेशनको अभियान चलिरहँदा आफ्नो मत काङ्ग्रेस केन्द्रीय कार्य समितिमा लिखित रूपमा आफ्नो मत राखेको बताए ।

‘मैले यो मत राखिरहँदा कांग्रेसमा कतै कुनै कुनाबाट विभाजनको प्राविधिक र भावनात्मक प्रभाव नहोस् भनिकन सतर्क थिए । काङ्ग्रेस विभाजन हुँदा कसले त्याग र अपमान सहनुपर्छ भन्ने मलाई थाहा छ । म पार्टी विभाजनको लागि होइन कांग्रेसको मत र भावना एकताका लागि अघि बढिरहनेछु ।’ कोइरालाले भनेका छन, ‘म एक्लो भएपनि वीपी किशुनजी लगायतका व्यक्तिहरुले छाडेको पदबाट विचलित हुने छैन । उहाँहरू जस्तै हामी सबै कांग्रेसहरु मिलेर सहमति र सहकार्य र एकताको सन्देश दिने महाधिवेशन गरेर जान सक्दैनौ ? हामीलाई शुभचिन्तक र अन्तर्राष्ट्रिय समुदायले पनि एकताका साथ अगाडि जाउन भनेर नसोचेका होलान् र ?’

‘सोचौँ हामी आदरणीय महाधिवेशन प्रतिनिधि साथीहरु तपाईहरु पार्टीको धरोहर हुनुहुन्छ । समग्र कांग्रेसको हित र एकताबद्ध पार्टी कसरी निर्माण गर्न सकिन्छ भन्ने ऐतिहासिक दायित्व निर्वाह गर्न त्यति नै सक्षम हुनुहुन्छ भन्ने मेरो विश्वास छ । यो कार्यका लागि मैले केही दिनदेखि भगिरत प्रयत्न गरिरहेको छु जबसम्म निकास निस्किँदैन । तबसम्म म लागिरहनेछु ।’ उनले भनेका छन् । कोइरालाले एकताबद्ध भएर अगाडि बढ्न जय नेपालको नाराले मात्रै सम्भव रहेको बताएका छन् ।

प्रकाशित मिति : २७ पुस २०८२, आइतबार  १ : ५१ बजे

नवलपरासीमा सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–१० सिस्नेस्थित पूर्वपश्चिम राजमार्गमा सवारी

विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापाले सम्बोधन गर्ने 

काठमाडौँ– नेपाली कांग्रेसको कोशी प्रदेश स्तरीय निर्वाचन समीक्षा कार्यक्रम आज

दलितसँग माफी माग्ने सरकारसँग डा. चमारको प्रश्न : कोठा खै ?

काठमाडौँ– ‘मधेशी चमार समुदायका छोरीचेलीहरु आज पनि गैरदलित तथा संम्भ्रान्त

आज नेपाल कम्युनिष्ट पार्टीको ७७औँ स्थापना दिवस, एमालेले विशेष कार्यक्रम गर्दै

काठमाडौँ– नेपाली कम्युनिष्ट पार्टीहरुले आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को

शान्ति सम्झौता र गणतन्त्रका पक्षधरबीच मोर्चाबन्दी आवश्यक : प्रचण्ड

काठमाडौँ– नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले सबै