काठमाडौं– नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले कम्युनिस्ट मुक्त कांग्रेस बनाउन आवश्यक भएको बताए ।
पार्टीको विशेष महाधिवेशनमा आफ्नो भनाइ राख्दै उनले पछिल्लो समयमा कांग्रेसमा कम्युनिस्ट गन्ध आएको पनि उनले बताए ।
‘कांग्रेसमा कम्युनिष्टको गन्ध आएको छ हरेक ठाउँमा, हामी निर्वाचनमा जाँदा, सरकारमा जाँदा, कहीँ जाँदा कम्युनिस्ट नभई हिँड्न नसक्ने भएका छौँ’, उनले भने, ‘त्यसकारण आजको यो अधिवेशनले कम्युनिस्ट मुक्त कांग्रेस बनाउनुपर्छ ।’
साथै, उनले लोकतन्त्र शब्दको प्रयोग, राजसंस्था र धर्मनिरपेक्षताको विषयमा पनि नेपाली कांग्रेसले पुनर्विचार गर्नुपर्ने बताए ।













प्रतिक्रिया