कैलाली कारागारमा ज्यान गुमाएका कैदीबन्दीको परिवारलाई आर्थिक सहायता उपलब्ध गराइने « Khabarhub

कैलाली कारागारमा ज्यान गुमाएका कैदीबन्दीको परिवारलाई आर्थिक सहायता उपलब्ध गराइने


२७ पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

कैलाली– सुदूरपश्चिम प्रदेश सरकारले कैलाली कारागारमा ज्यान गुमाएका कैदीबन्दी भरत चौधरीको परिवारलाई आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ ।

प्रदेश सरकारको आज यहाँ बसेको मन्त्रिपरिषद्को बैठकले गत साउन २३ गते कैलाली कारागारमा दुई समूहबीच भएको झडपमा ज्यान गुमाएका कैदीबन्दी चौधरीको परिवारलाई आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

यसअघि गत साउन २५ गते मुख्यमन्त्री कमलबहादुर शाहको उपस्थितिमा बसेको प्रदेश सुरक्षा समितिको बैठकले मृतक चौधरीको परिवारलाई रु पाँच लाख राहत प्रदान गर्ने निर्णय गरेको थियो ।

यस्तै बैठकले सुदूरपश्चिम प्रदेशमा सडक मर्मत प्रणालीलाई संस्थागत रूपमा लागू गर्न सडक मर्मत समूह निर्देशिका स्वीकृत गरेको आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले जानकारी दिए  । 

प्रदेश सरकारले निर्माण गरेका कालोपत्र सडकको नियमित मर्मत सम्भारका लागि मर्मत समूहमार्फत सडक मर्मत कार्य गरिनेछ । प्रत्येक वर्ष प्रदेश सरकारले करिब दुई सय किलोमिटर कालोपत्र सडक निर्माण गर्दै आएको छ । यसरी नियमित मर्मत तथा सम्भार गर्दा सडकको आयु लामो हुने अपेक्षा प्रदेश सरकारले गरेको छ ।

बैठकले सुदूरपश्चिम प्रदेश वृत्ति मार्ग निर्देशन सेवा सञ्चालन कार्यविधि, २०८२ स्वीकृत गर्ने निर्णय गरेको छ । साथै सुदूरपश्चिम जनस्वास्थ्य सेवा ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक प्रदेश सभामा पेस गर्न स्वीकृति प्रदान गरिएको छ ।

प्रकाशित मिति : २७ पुस २०८२, आइतबार  ४ : ४९ बजे

युद्धविरामपछि पनि ऊर्जा पुनः प्राप्तिमा समय लाग्ने

वासिङ्टन – अमेरिका–इरानबीचको युद्धविराम घोषणाले मध्यपूर्वको तनावलाई कम गर्ने देखिए

स्पेन–केप भर्डे भिडन्त : पूर्ण फिट भए पनि यामाल सुरुवातमा बेन्चमै

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को महत्वपूर्ण

कर्णाली प्रदेशसभा : ३५ अर्ब ३९ करोड बजेट प्रस्तुत

कर्णाली – कर्णाली प्रदेश सरकारले राजस्व र व्ययको वार्षिक अनुमानसहितको

हराएका सीमा स्तम्भ खोजी गरी पुनःस्थापना गरिने

कञ्चनपुर – नेपाल–भारत सीमा समन्वय समितिको बैठक यहाँ सम्पन्न भएको

परराष्ट्रमन्त्री खनाल र सिपिसीका नेता लिउबीच भेटवार्ता

काठमाडौं – चीनको औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री एवं राष्ट्रिय स्वतन्त्र