काठमाडौं – कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’ आफ्नो डेब्यू लेखन, निर्माण, निर्देशन र शीर्ष भूमिकामा रहेको ‘गोबर गणेश’को प्रदर्शन मिति नजिकिएसँगै प्रचारमा व्यस्त देखिन्छन् ।
श्रेष्ठ फिल्म प्रचारका लागि अग्रज कलाकारहरुलाई लगातर भेटिरहेका छन् । उनीहरुलाई भेटेर श्रेष्ठले आफ्नो फिल्मबारे जानकारी दिएका छन् । आर्शीवादका लिनका लागि अग्रज कलाकारहरुसँग भेट गरेको उनको भनाइ छ ।
केही कलाकारहरुले श्रेष्ठलाई प्रचारमा सहयोग गर्न अन्तर्वार्ता पनि दिएका छन् । उनले ती कलाकारहरुलाई भेटेको भिडियो र तस्बिर पनि लगातार सार्वजनिक भइरहेको छ । यसले उनको फिल्मको प्रचार भइरहेको छ ।
श्रेष्ठले महानायक राजेश हमाल, वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, नीर शाह, दीपकराज गिरी र दीपाश्री निरौला लगायतका कलाकारलाई भेटेका हुन् ।
‘गोबर गणेश’को नायक श्रेष्ठ हुन् भने नायिका वर्षा सिवाकोटी हुन् । फिल्ममा पुजन घिमिरे, पदम तामाङ, विनोद न्यौपाने निर्मल शर्मालगायतको पनि अभिनय रहेको बताइएको छ ।
यो फिल्म माघ १ बाट प्रदर्शनमा आउँदैछ ।













प्रतिक्रिया