‘गोबर गणेश’ प्रचारमा ‘बल्छी’ : अग्रज कलाकार भेटेर आर्शीवाद « Khabarhub

‘गोबर गणेश’ प्रचारमा ‘बल्छी’ : अग्रज कलाकार भेटेर आर्शीवाद


२७ पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’ आफ्नो डेब्यू लेखन, निर्माण, निर्देशन र शीर्ष भूमिकामा रहेको ‘गोबर गणेश’को प्रदर्शन मिति नजिकिएसँगै प्रचारमा व्यस्त देखिन्छन् ।

श्रेष्ठ फिल्म प्रचारका लागि अग्रज कलाकारहरुलाई लगातर भेटिरहेका छन् । उनीहरुलाई भेटेर श्रेष्ठले आफ्नो फिल्मबारे जानकारी दिएका छन् । आर्शीवादका लिनका लागि अग्रज कलाकारहरुसँग भेट गरेको उनको भनाइ छ ।

केही कलाकारहरुले श्रेष्ठलाई प्रचारमा सहयोग गर्न अन्तर्वार्ता पनि दिएका छन् । उनले ती कलाकारहरुलाई भेटेको भिडियो र तस्बिर पनि लगातार सार्वजनिक भइरहेको छ । यसले उनको फिल्मको प्रचार भइरहेको छ ।

श्रेष्ठले महानायक राजेश हमाल, वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, नीर शाह, दीपकराज गिरी र दीपाश्री निरौला लगायतका कलाकारलाई भेटेका हुन् ।

‘गोबर गणेश’को नायक श्रेष्ठ हुन् भने नायिका वर्षा सिवाकोटी हुन् । फिल्ममा पुजन घिमिरे, पदम तामाङ, विनोद न्यौपाने निर्मल शर्मालगायतको पनि अभिनय रहेको बताइएको छ ।

यो फिल्म माघ १ बाट प्रदर्शनमा आउँदैछ ।

प्रकाशित मिति : २७ पुस २०८२, आइतबार  ६ : १९ बजे

‘समृद्धिको महान् उद्देश्य लिँदा कहिलेकाहीँ धक्का लाग्छ, पार्टीलाई बलियो बनाए माथि उठ्न सकिन्छ’

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई बलियो बनाएर

एमालेका मनोनीत केन्द्रीय सदस्यहरुले गरे शपथ ग्रहण

काठमाडौं– नेकपा एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले शपथग्रहण गरेका छन् ।

भाषा आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष भाषा आयोगका कार्यवाहक अध्यक्ष कृष्णप्रसाद न्यौपानेले

करदाता प्रोत्साहन उपहार : पर्साका लालबाबुले पाए १० लाख

काठमाडौं– करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत असोज १ देखि १५ गतेसम्मको

विधान संशोधनमा पूर्वसभापतिको मर्यादा र स्थान समेटिने छ : प्रवक्ता चालिसे

काठमाडौं– नेपाली कांग्रेसले असोज १८ गतेदेखि काठमाडौंमा सुरु हुने पार्टीको