जनकपुरधाम उपमहानगरपालिकाको दुई अर्ब ४६ करोड ८९ लाख रुपैयाँको संशोधित बजेट « Khabarhub

जनकपुरधाम उपमहानगरपालिकाको दुई अर्ब ४६ करोड ८९ लाख रुपैयाँको संशोधित बजेट


२७ पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– जनकपुरधाम उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ का लागि दुई अर्ब ४६ करोड ८९ लाख १६ हजार ८९४ रुपैयाँ वार्षिक संशोधित बजेट विनियोजन  गरेको छ ।

आज यहाँ आयोजित चौधौँ नगरसभा (हिउँदे) बैठकले वार्षिक संशोधित बजेट विनियोजन गरेको हो । 

उपप्रमुख किशोरी साहले बजेट प्रतिवेदन प्रस्तुत गर्दै सङ्घीय सरकार तथा प्रदेश सरकार तर्फको समानीकरण, सशर्त, समपूरक, विशेष, राजस्व बाँडफाँट, आन्तरिक राजस्व तथा गत आर्थिक वर्षको समेत गरी उक्त बजेट पेस गरिएको बताइन् । 

उपमहानगरपालिकाले चालु आवको हालसम्म ९९ करोड ४१ लाख २५ हजार ४५७ रुपैयाँ आम्दानी गरेको छभने ४१ करोड सात हजार ८०८ कुल खर्च गरेको प्रस्तुत प्रतिवेदनमा उल्लेख छ । यसअघि चालु आवका लागि १३औँ नगरसभाबाट स्वीकृत भएका अनुमानित आय तथा व्ययका विवरण कार्यान्वयनमा रहेका छन् । 

आजको नगरसभा बैठकले नगरपालिकाअन्तर्गत दरबन्दीमा कार्यरत सम्पूर्ण करार सेवाका कर्मचारीलाई यही माघ १ गतेदेखि लागू हुने गरी स्थायी कर्मचारीसरह मासिक पाँच हजार रुपैयाँ महँगी भत्ता दिने तथा जग्गा वर्गीकरणका लागि रकम विनियोजन गरेको छ । 

उपमहानगर प्रमुख मनोज साहको अध्यक्षतामा भएको बैठकमा स्थानीय जनप्रतिनिधि तथा उपमहानगरपालिका कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २७ पुस २०८२, आइतबार  ६ : ५३ बजे

घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु, बुबा घाइते

दाङ – दाङको घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु

गगन थापा मुलुकको नेतृत्व गर्न तयार : उपसभापति शर्मा

झापा – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीका सभापति गगनकुमार

प्रधानमन्त्री कप क्रिकेटः बैतडीको शानदार सुरुआत

बैतडी – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोटमा

आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छ : उपाध्यक्ष थापा

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले

टी–२० विश्वकपमा भारतसँगकाे खेल बहिष्कार गर्ने पाकिस्तानको निर्णय

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२६ मा पाकिस्तानले भारतसँग हुने