काठमाडौं- अमेरिकाले ताइवान आसपास चीनले गरेको सैन्य अभ्यासले अनावश्यक तनाव पैदा गर्ने टिप्पणी गरेको छ । अमेरिकी विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै सैन्य अभ्यासबाट अनावश्यक तनाव सिर्जना हुने जनाएको हो ।
चीनले ताइवानमाथि नाकाबन्दी लगाउने पूर्वातयारीस्वरुप सैन्य अभ्यास गरेको जनाइएको छ । अमेरिकाले चीनलाई संयमता अपनाउन पनि आग्रह गरेको छ ।
चिनियाँ सैन्य अभ्यास र ताइवान तथा अन्य क्षेत्रीय मुलुकविरुद्ध प्रयोग भएका खरो टिप्पणीले अनावश्यक तनाव बढाउने अमेरिकी जिकिर छ । अमेरिकाले ताइवानमाथि सैन्य दबाब कम गर्न र अर्थपूर्ण संवादमा जुट्न पनि चीनलाई आग्रह गरेको छ ।
विदेश मन्त्रालयले अमेरिका सधैँ क्षेत्रीय शान्ति र स्थीरताको पक्षमा रहेको पनि स्पष्ट पारेको छ । सैन्य दबाब वा धम्की दिएर एकपक्षीय रुपमा यथास्थितीलाई परिवर्तन गर्ने कुनै पनि कदमको विपक्षमा रहेको मन्त्रालयको भनाइ छ ।













प्रतिक्रिया