अफगानिस्तानसँगको सीमा नाका बन्द हुँदा पाकिस्तानमा अर्बौँको क्षति « Khabarhub

अफगानिस्तानसँगको सीमा नाका बन्द हुँदा पाकिस्तानमा अर्बौँको क्षति


२७ पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अफगानिस्तानसँगको सीमा नाका बन्द हुँदा पाकिस्तानमा आर्थिक समस्या उत्पन्न हुँदै गएको छ । अफगानिस्तानसँगका नाका बन्द हुँदा खासगरी पञ्जाब प्रान्तमा गम्भीर आर्थिक क्षति निम्तिरहेको व्यवसायीले चेतावनी दिएका छन् ।

लाहोर चेम्बर अफ कमर्स एण्ड इण्डष्ट्रिजले नाका बन्द हुँदा हरेक महिना ८० अर्ब पाकिस्तानी रुपैयाँभन्दा धेरैको क्षति भइरहेको जनाएको छ । चेम्बरका अध्यक्ष फहिम उर रहमान साइगोलले व्यापारिक मार्ग ठप्प हुँदा द्विपक्षीय व्यापारमा समस्या उत्पन्न भइरहेको बताए । उनका अनुसार नाका ठप्प हुँदा सिमेन्ट, कृषि, रसायनजस्ता क्षेत्र समस्यामा परेका छन् ।

गत वर्षको अक्टोबर र नोभेम्बर महिनामा दुई मुलुकबीच सीमा क्षेत्रमा झडप भएपछि सीमा नाका ठप्प छ । यसबाट दुई मुलुकको अर्थतन्त्र मात्रै नभइ लाखौँ व्यापारी र आम सर्वसाधारणको जीवनमा असर परेको साइगोलले बताएका छन् ।

समाचारमा जनाइएअनुसार सीमा नाकामा रोकिएका सवारी साधानमा राखिएका सामान बिग्रिँदै गएका छन् । नाका ठप्प हुँदा १२ सय पाकिस्तानी र १८ सय अफगान गरी ३ हजारभन्दा धेरै व्यापारीको रोजीरोटी खोसिएको छ ।

प्रकाशित मिति : २७ पुस २०८२, आइतबार  ८ : १९ बजे

एकता जोगाउन विशेष पक्षका ७ शर्त, टिकटमा देउवाको हस्ताक्षर हुन नहुनेदेखि चुनावमा गठबन्धन नगर्नेसम्म

काठमाडौँ- नेपाली कांग्रेसलाई फुटबाट जोगाउन भन्दै संस्थापन समूह र विशेष

झापाका रास्वपा नेतासँग तीन घण्टा बिताएका बालेनले ओलीको क्षेत्रमा गरिरहेका छन् जनमत सर्भेक्षण

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले झापा क्षेत्र नम्बर

नयाँ नेतृत्वको चयन गर्ने तयारीमा हमास

गाजा – गाजामा युद्धको क्रममा इजरायलले समूहका धेरै शीर्ष नेताहरूको

रुपन्देही–२ बाट चुनाव लड्ने तयारीमा युवा व्यावसायी सुदन ज्ञवाली

काठमाडौं – युवा व्यावसायी तथा राजनैतिक अभियन्ता सुदन ज्ञवालीले आगामी

वार्ताका लागि कांग्रेसले बनायो समिति : विशेष पक्षबाट ४, संस्थापनबाट २ नेता सदस्य

काठमाडौँ – नेपाली कांग्रेसको जारी असहमति अन्त्यका लागि पार्टी संस्थापन