अफगानिस्तानसँगको सीमा नाका बन्द हुँदा पाकिस्तानमा अर्बौँको क्षति « Khabarhub

अफगानिस्तानसँगको सीमा नाका बन्द हुँदा पाकिस्तानमा अर्बौँको क्षति


२७ पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अफगानिस्तानसँगको सीमा नाका बन्द हुँदा पाकिस्तानमा आर्थिक समस्या उत्पन्न हुँदै गएको छ । अफगानिस्तानसँगका नाका बन्द हुँदा खासगरी पञ्जाब प्रान्तमा गम्भीर आर्थिक क्षति निम्तिरहेको व्यवसायीले चेतावनी दिएका छन् ।

लाहोर चेम्बर अफ कमर्स एण्ड इण्डष्ट्रिजले नाका बन्द हुँदा हरेक महिना ८० अर्ब पाकिस्तानी रुपैयाँभन्दा धेरैको क्षति भइरहेको जनाएको छ । चेम्बरका अध्यक्ष फहिम उर रहमान साइगोलले व्यापारिक मार्ग ठप्प हुँदा द्विपक्षीय व्यापारमा समस्या उत्पन्न भइरहेको बताए । उनका अनुसार नाका ठप्प हुँदा सिमेन्ट, कृषि, रसायनजस्ता क्षेत्र समस्यामा परेका छन् ।

गत वर्षको अक्टोबर र नोभेम्बर महिनामा दुई मुलुकबीच सीमा क्षेत्रमा झडप भएपछि सीमा नाका ठप्प छ । यसबाट दुई मुलुकको अर्थतन्त्र मात्रै नभइ लाखौँ व्यापारी र आम सर्वसाधारणको जीवनमा असर परेको साइगोलले बताएका छन् ।

समाचारमा जनाइएअनुसार सीमा नाकामा रोकिएका सवारी साधानमा राखिएका सामान बिग्रिँदै गएका छन् । नाका ठप्प हुँदा १२ सय पाकिस्तानी र १८ सय अफगान गरी ३ हजारभन्दा धेरै व्यापारीको रोजीरोटी खोसिएको छ ।

प्रकाशित मिति : २७ पुस २०८२, आइतबार  ८ : १९ बजे

इरान स्कुल विस्फोटमा न्यायको माग

तेहरान- इरानको एक विद्यालयमा भएको घातक विस्फोटले युद्धका निर्दोष पीडितहरूको

सम्भावना र चुनौतीबीच सम्हालिएर अघि बढे सफल हुन्छ बालेन सरकार

काठमाडौं– शुक्रबार देशले नयाँ सरकार प्राप्त गरेको छ । राष्ट्रिय

विश्वशान्तिको कामना गर्दै दुई करोड ५० लाख दीप प्रज्वलन

म्याग्दी– विश्व शान्तिको कामना गर्दै आज बेनीस्थित कालीगण्डकी नदी किनारमा

अनमोलसतिहका कलाकारले दिए प्रधानमन्त्री बालेन्द्रलाई बधाई

काठमाडौं – नेपालमा कला क्षेत्रबाट उदाएका पहिलो प्रधानमन्त्री बालेन्द्र शाह