क्षेत्रीय शान्ति र स्थीरताका लागि भारतीय नेतृत्व अपरिहार्य : प्रेमादासा « Khabarhub

क्षेत्रीय शान्ति र स्थीरताका लागि भारतीय नेतृत्व अपरिहार्य : प्रेमादासा


२७ पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- श्रीलंकाका विपक्षी नेता सजिथ प्रेमादासाले हिन्द महासागर तथा दक्षिण एशियाको शान्ति तथा स्थीरताका लागि भारतीय नेतृत्व अत्यन्त आवश्यक रहेको बताएका छन् ।

समागी जन बलावेगया पार्टीका नेतासमेत रहेका उनले दक्षिण एशिया र हिन्द महासागर क्षेत्रमा दीर्घकालीन शान्ति तथा स्थीरताका लागि भारतीय नेतृत्व अत्यन्त महत्वपूर्ण रहेको बताएका हुन् ।

भारतीय समाचार संस्था एएनआईसँगको कुराकानीका क्रममा उनले भारत र श्रीलंकाका राष्ट्रिय हितमा धेरै समानता रहेको उल्लेख गरे । यसबाट दुई छिमेकी मुलुकबीच आपसी सम्मान, समझदारी र सिर्जनात्मक सहकार्यको आधार तय भएको उनको भनाइ छ ।

उनले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा भारतीय सदस्यताका लागि आफ्नो समर्थन रहने पनि बताए ।

नरेन्द्र मोदी नेतृत्वको भारत सरकारले आर्थिक समस्याको समयमा श्रीलंकाली जनतालाई सहयोग गरेको स्मरण गर्दै दुई मुलुकबीच बलियो सम्बन्ध कायमै रहे त्यसले दुबै मुलुकका नागरिकलाई प्रत्यक्ष लाभ मिल्ने बताए ।

प्रकाशित मिति : २७ पुस २०८२, आइतबार  ८ : २९ बजे

एकता जोगाउन विशेष पक्षका ७ शर्त, टिकटमा देउवाको हस्ताक्षर हुन नहुनेदेखि चुनावमा गठबन्धन नगर्नेसम्म

काठमाडौँ- नेपाली कांग्रेसलाई फुटबाट जोगाउन भन्दै संस्थापन समूह र विशेष

झापाका रास्वपा नेतासँग तीन घण्टा बिताएका बालेनले ओलीको क्षेत्रमा गरिरहेका छन् जनमत सर्भेक्षण

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले झापा क्षेत्र नम्बर

नयाँ नेतृत्वको चयन गर्ने तयारीमा हमास

गाजा – गाजामा युद्धको क्रममा इजरायलले समूहका धेरै शीर्ष नेताहरूको

रुपन्देही–२ बाट चुनाव लड्ने तयारीमा युवा व्यावसायी सुदन ज्ञवाली

काठमाडौं – युवा व्यावसायी तथा राजनैतिक अभियन्ता सुदन ज्ञवालीले आगामी

वार्ताका लागि कांग्रेसले बनायो समिति : विशेष पक्षबाट ४, संस्थापनबाट २ नेता सदस्य

काठमाडौँ – नेपाली कांग्रेसको जारी असहमति अन्त्यका लागि पार्टी संस्थापन