गायक-गायिकालाई महोत्सवकाे चटारो : को कति व्यस्त ? « Khabarhub

गायक-गायिकालाई महोत्सवकाे चटारो : को कति व्यस्त ?


२८ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कुनैबेला एल्बम बेचेर मनग्य कमाउने गायक-गायिकालाई अहिले मेला-महोत्सवले तानेको छ। मेला-महोत्सवका स्टेज शो नै उनीहरूको मुख्य आम्दानीको स्रोत भइरहेको छ।

विशेष गरेर नयाँ वर्ष, चाडवाड र हिउँदमा हुने मेला महोत्सवमा चर्चामा रहेका गायक–गायिकाको नै खोजी हुने गर्छ ।

अहिले गायक गायिकाको फेसबुक ‘वाल’ हेर्ने हो भने उनीहरू जहाज यात्रा गरेको वा मञ्चमा गीत गाइरहेको तस्बिर वा भिडियो देख्न सकिन्छ ।

यो माघकाे महोत्सवमा चर्चामा रहेका कुनै गायक छैनन् जो महोत्सवमा नपुगेका हुन् । गायिकाहरू रचना रिमाल, ज्योति मगर, एलिना चौहान, शान्तिश्री परियार, गायक बद्री पंगेनी अलिक व्यस्त देखिएका छन् ।

गायक प्रकाश सपुतले माघ १ गते देखि ११ गतेसम्म १० वटा महोत्सव भ्याए । माघको सुरुमा उनको सांगीतिक व्यस्ता राम्रै थियो । तर, उनी माघ १२ पछि राष्ट्रिय स्वतन्त्र पार्टीबाट सक्रिय राजनीति गर्न संगीतबाट छोटो विश्राम लिए ।

प्रकाशले यो ११ दिनमा १० जिल्लाका मञ्चमा उक्लिए । पूर्वमा सिन्धुली र पश्चिममा बर्दियासम्म उनी पुगे ।

रचना रिमाल : रचना अहिलेको सर्वाधिक चर्चितमध्येकी गायिका हुन् । यो कुरा महोत्सवमा उनको व्यस्तताले पनि देखाउँछ ।

माघमा महोत्सवको चटारोबाट अहिले विश्वकप क्रिकेट हेर्न भारत पुगेकी उनी फागुन ३ गतेका लागि दक्षिण कोरिया जाँदैछिन् ।

सामाजिक सञ्जालमा दिएको भिडियो सन्देशअनुसार माघभर उनले १० घरेलु महोत्सवको मञ्चमा सांगीतिक प्रस्तुति दिइन् ।
उनले पूर्वको भोजपुरदेखि पश्चिमको कञ्चनपुरसम्म पुग्न भ्याइन् ।

माघ ४ गते उनी कञ्चनपुरको महोत्सवमा उपस्थित थिइन् । माघ ९ र ११ गते उनीले बर्दियाका दुई महोत्सवमा प्रस्तुति दिइन् ।
माघ १२ गते उनी नुवाकोटको महोत्सवमा पुगिन् भने १४ गते तनहुँको एक विद्यालयको कार्यक्रममा उपस्थित थिइन् ।

१५ गते रचनाले सिन्धुलीको महोत्वमामा सांगीतिक प्रस्तुती दिएर १७ गते भोजपुरको मञ्चमा उक्लिइन् । माघ १९ गते धादिङ महोत्सवमा र २१ गते पाल्पामा देखिएकी उनी अहिले विश्वकप हेर्न भारतमा छिन् ।

ज्योति मगर : माघको सुरूमा ज्योति युरोप टूरमा थिइन् । माघ ३ गते चितवनको महोत्सवमा रहेकी उनी त्यसपछि दुई साताको विदेश टुरमा निस्किएकी हुन् । माघ ५ मा स्पेन, १० मा पोर्चुगल, १६ मा जर्मनी र १९ मा स्पेनमा थिइन् ।

माघ २२ बाट उनी घरेलु महोत्सवका मञ्चमा देखापर्न थालिन् । माघ २२ देखि २७ सम्म उनी एक दिन मात्रै खाली रहिन् ।
माघ २२ र २४ गते उनी बर्दिया जिल्लाकै दुई महोत्सवमा देखिइन् । २३ गते उनको विश्राम भयो ।

१५ गते दाङ, २६ गते पाल्पा र २७ गते रुपन्देहीका महत्सवमा उनले सांगीतिक प्रस्तुति दिइन् ।

बद्री पंगेनी : बद्री पंगेनी तीन दशकदेखि सांगीतिक क्षेत्रमा छन् । आजको दिनमा पनि उनको व्यस्ताता नयाँ पुस्ताका व्यस्त गायकको जस्तै देखिन्छ ।

अब जानौँ है त बद्री माघमा सांगीतिक प्रस्तुती दिन कता कता पुगे त ! माघ २ गते उनी पोखरमा सांगीतिक प्रस्तुति दिँदै थिए, भोलिपल्ट बर्दियामा देखिए ।

माघ ५ गते उनी चितवनस्थित रत्नगर महोत्सवमा थिए । माघ ७ गते दाङ र ९ गते सल्यान पुग्न भ्याए ।

माघ १६ गते उनी सिन्धुली महोत्सवमा पुगेमा थिए । १७ गते र १९ गते दाङमा दुई महोत्सवमा देखिए ।

२१ गते गृह जिल्ला पाल्पा र २२ गते धादिङमा पुगे । त्यसलगत्तै यूएईको तीन दिने भ्रमणबाट फर्किए ।

एलिन चौहान : गायिका चौहानले माघ २० गते एक भिडियो सन्देश जारी गरेर भनेकी थिइन्, ‘बिरामी पर्दा मेरो सांगीतिक कार्यक्रममा समस्या भयो । आजबाट स्टेजमा फर्किएकी छु ।’

यो भिडियो सार्वजनिक गरेकै दिन उनी बर्दियाको महाेत्सवमा देखा परेकी थिइन् । त्यसको एक–दुई दिनमै उनी सांगीतिक कार्यक्रमका लागि ओमान उडिन् ।

तर, माघमा एलिनाको व्यस्तता पनि कम थिएन । माघ ४ मा उनी उदयपुर थिइन् भने ७ गते नवलपरासी पूर्वमा पुगिन् । माघ १२ गते दाङ, १३ गते सिन्धुली र १४ गते नेपालगञ्जमा पुगिन् । उनी १७ गते धनकुटा पुगेकी थिइन् ।

शान्तिश्री परियार : शान्तिले सामाजिक सञ्जालमा दिएको जानकारी अनुसार उनी माघ महिनामा ८ जिल्लाका महोत्सवमा सहभागी भइन् । यो उनले माघ २४ सम्म भ्याएको महोत्सव हो ।

माघ १ गते उनी पोखरामा थिइन् । त्यसपछि एकचोटी माघ ६ गते उनी चितवन पुगिन्, ७ गते नवलपरासी पूर्व र ९ गते कैलालीका महोत्सवमा देखिइन् ।

माघ १० गते उनले बर्दियाका दर्शक माझ पुगिन् । १५ गते पूर्वी जिल्ला भोजपुर पुगिन् । १६ गते नुवाकोट पुगेकी उनी २४ गते गृह जिल्ला रोल्पाको कार्यक्रममा देखिएकी थिइन् ।

प्रकाशित मिति : २८ माघ २०८२, बुधबार  ७ : ४६ बजे

आज पनि भत्काउँदै मनोहराको सुकुम्वासी बस्ती (तस्बिरहरू)

काठमाडौं– मनोहरा सुकुम्वासी बस्तीका बाँकी घरहरू आज बिहानैदेखि डोजर प्रयोग

सुर्खेतमा सम्पन्न भयो चौथो कर्णाली चलचित्र कार्यशाला 

सुर्खेत– कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा विगत ६ दिनदेखि सञ्चालन भइरहेको

शहीदमार्ग स्तरोन्नति नहुँदा ताराखोलावासीलाई सास्ती

बागलुङ– बागलुङको ताराखोला जोड्न शहीदमार्गको ट्रयाक खुलेको २० वर्ष भन्दा

सात वर्षीय बालकले राखे कीर्तिमान

पोखरा– ‘हिमालले उमेर सोध्दैन, केवल साहस र दृढ इच्छाशक्ति खोज्छ’

दाउन्नेको पूर्वी खण्डमा एकतर्फी ढलानको काम अन्तिम चरणमा

त्रिवेणी– नारायणगढ–बुटवल सडक विस्तार आयोजनाअन्तर्गत नवलपुरको पूर्वी खण्डको दाउन्ने सडक