विश्वकपमा दोस्रो जित निकाल्दै पाकिस्तान समूहको शीर्ष स्थानमा : अमेरिका ३२ रनले पराजित « Khabarhub

विश्वकपमा दोस्रो जित निकाल्दै पाकिस्तान समूहको शीर्ष स्थानमा : अमेरिका ३२ रनले पराजित


२८ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी टी–२० विश्वकपमा पाकिस्तानले लगातार दोस्रो जित निकालेको छ । मंगलबार राति भएको समूह ‘ए’को खेलमा पाकिस्तानले अमेरिकामाथि ३२ रनको जित निकालेको हो ।

पहिला ब्याटिङ गरेको पाकिस्तानले अमेरिकाविरुद्ध पूरै २० ओभर खेल्दै ९ विकेटको क्षतिमा १९० रन बनाएको थियो । १९१ रनको लक्ष्य पछ्याएको अमेरिकाले २० ओभरमा आठ विकेटको क्षतिमा मात्र १५८ रन बनाउन सक्यो ।

पहिला ब्याटिङ गरेको पाकिस्तानका लागि ओपनर साहिबजादा फरहानले विष्फोटक ब्याटिङ गर्दै सानदार अर्धशतक बनाए । ४१ बल खेलेका उनले ६ चौका र पाँच छक्काको मद्दतमा सर्वाधिक ७३ रन बनाएका हुन् ।

बाबर आजमले ३२ बलमा ४६ रन जोड्दा उसका लागि सादाब खानले १२ बलमा ३० रन थपे । अमेरिकाका लागि श्याड्ली भान शाल्कवाइकले आक्रामक बलिङ गर्दै चार विकेट लिएँ।

१९१ रनको लक्ष्य पछ्याएको अमेरिकाले जवाफी ब्याटिङ गरेको हो । उसका लागि शायन जायागिरले ४९ रन बनाउँदा शुभम रञ्जानेले अर्धशतक बनाए । मिलिन्दु कुमारले २९ रन थप्नुबाहेक अन्य ब्याट्सम्यायनले भने उल्लेख्य रन जोड्न सकेनन् । अमेरिकालाई सस्तैमा समेट्न पाकिस्तानका उस्मान तारिकले तीन विकेट हात पारे ।

यो जितसँगै चार अंकसहित पाकिस्तान समूह ‘ए’को शीर्ष स्थानमा उक्लिएको छ । एउटा मात्र खेल खेलेको भारत दुई अंकसहित दोस्रो स्थानमा छ । दुई खेलमा एक हार र एक जित निकालेको नेदरल्यान्ड्स दुई अंकसहित तेस्रो स्थानमा छ भने नामिबिया र अमेरिका अंकबिहीन छन् । समूह ‘ए’मा पाकिस्तान, भारत, नेदरल्यान्ड्स, नामिबिया र अमेरिका छन् ।

प्रकाशित मिति : २८ माघ २०८२, बुधबार  ६ : ५९ बजे

जडीबुटी बेचेर चार करोड राजस्व असुली

कर्णाली– कर्णाली प्रदेशले गत आर्थिक वर्षमा जडीबुटी निकासीबाट चार करोड

जनकपुरधाम–अयोध्या विशेष रेल सेवा सञ्चालनको अन्तिम चरणमा

जनकपुरधाम– जनकपुरधामदेखि भारतको पवित्र तीर्थस्थल अयोध्यासम्म विशेष रेल सेवा सञ्चालनको

निर्वाचन परिणाम बदनाम गर्न खोजेको भन्दै नेतान्याहुको आलोचना

जेरुसेलम- इजरायलका प्रमुख विपक्षी नेता गादी आइसेनकोट र अरब नेतृत्वका राजनीतिक

अमेरिकी मध्यावधि चुनावमा चार करोड ३० लाखभन्दा बढीले गरे मतदान

वासिङ्टन- अमेरिकामा मध्यावधि निर्वाचन हुन एक साताभन्दा कम समय बाँकी रहँदा

भुटानमा हिमताल विस्फोटपछि भारतका छ जिल्लामा उच्च सतर्कता

नयाँदिल्ली- भुटानको हिमाली क्षेत्रमा हिमताल विस्फोटबाट आएको बाढीको जोखिम बढेपछि