विश्वकपमा दोस्रो जित निकाल्दै पाकिस्तान समूहको शीर्ष स्थानमा : अमेरिका ३२ रनले पराजित « Khabarhub

विश्वकपमा दोस्रो जित निकाल्दै पाकिस्तान समूहको शीर्ष स्थानमा : अमेरिका ३२ रनले पराजित


२८ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी टी–२० विश्वकपमा पाकिस्तानले लगातार दोस्रो जित निकालेको छ । मंगलबार राति भएको समूह ‘ए’को खेलमा पाकिस्तानले अमेरिकामाथि ३२ रनको जित निकालेको हो ।

पहिला ब्याटिङ गरेको पाकिस्तानले अमेरिकाविरुद्ध पूरै २० ओभर खेल्दै ९ विकेटको क्षतिमा १९० रन बनाएको थियो । १९१ रनको लक्ष्य पछ्याएको अमेरिकाले २० ओभरमा आठ विकेटको क्षतिमा मात्र १५८ रन बनाउन सक्यो ।

पहिला ब्याटिङ गरेको पाकिस्तानका लागि ओपनर साहिबजादा फरहानले विष्फोटक ब्याटिङ गर्दै सानदार अर्धशतक बनाए । ४१ बल खेलेका उनले ६ चौका र पाँच छक्काको मद्दतमा सर्वाधिक ७३ रन बनाएका हुन् ।

बाबर आजमले ३२ बलमा ४६ रन जोड्दा उसका लागि सादाब खानले १२ बलमा ३० रन थपे । अमेरिकाका लागि श्याड्ली भान शाल्कवाइकले आक्रामक बलिङ गर्दै चार विकेट लिएँ।

१९१ रनको लक्ष्य पछ्याएको अमेरिकाले जवाफी ब्याटिङ गरेको हो । उसका लागि शायन जायागिरले ४९ रन बनाउँदा शुभम रञ्जानेले अर्धशतक बनाए । मिलिन्दु कुमारले २९ रन थप्नुबाहेक अन्य ब्याट्सम्यायनले भने उल्लेख्य रन जोड्न सकेनन् । अमेरिकालाई सस्तैमा समेट्न पाकिस्तानका उस्मान तारिकले तीन विकेट हात पारे ।

यो जितसँगै चार अंकसहित पाकिस्तान समूह ‘ए’को शीर्ष स्थानमा उक्लिएको छ । एउटा मात्र खेल खेलेको भारत दुई अंकसहित दोस्रो स्थानमा छ । दुई खेलमा एक हार र एक जित निकालेको नेदरल्यान्ड्स दुई अंकसहित तेस्रो स्थानमा छ भने नामिबिया र अमेरिका अंकबिहीन छन् । समूह ‘ए’मा पाकिस्तान, भारत, नेदरल्यान्ड्स, नामिबिया र अमेरिका छन् ।

प्रकाशित मिति : २८ माघ २०८२, बुधबार  ६ : ५९ बजे

श्रम निरीक्षणसम्बन्धी महासन्धि अनुमोदन

काठमाडौं–  प्रतिनिधिसभाको आजको बैठकले अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) को श्रम

फ्यानसेपको पोषण सुरक्षा कार्यक्रम : उत्पादनसँगै पोषण चेतना वृद्धि, दुई पालिकामा २२० समूह लाभान्वित

दोलखा– वैतेश्वर गाउँपालिका–५ मैनापोखरीस्थित कार्की गाउँका महिलाहरू अहिले घर आँगनमै

गणेश पराजुलीले भने- सरकारले कामै गरेन भन्नेको भ्रम चिर्दै अघि बढ्छौँ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वर्तमान सरकारले गरेका कामबारेमा

इङ्ग्ल्यान्ड-अर्जेन्टिना सेमिफाइनल प्रतिस्पर्धा ‘उच्च जोखिम’को, खेल नहुँदै फकल्याण्ड द्वीपसम्बन्धी झण्डा प्रदर्शन

काठमाडौं– फिफा विश्वकपअन्तर्गत इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबीच हुने सेमिफाइनल खेललाई प्रतियोगिताकै

उपत्यकाका अस्तव्यस्त तार साउन दोस्रो साताभित्र व्यवस्थापन गरिसक्न निर्देशन

काठमाडौं– काठमाडौं उपत्यकामा वर्षौंदेखि सडकका पोलमा गुजुल्टो परेर लत्रिएका तथा