एमाले अध्यक्ष ओली आज झापाका ११ कार्यक्रममा सहभागी हुँदै « Khabarhub

एमाले अध्यक्ष ओली आज झापाका ११ कार्यक्रममा सहभागी हुँदै


२८ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

झापा– नेकपा एमालेका अध्यक्ष एवं झापा क्षेत्र नम्बर ५ का उम्मेदवार केपी शर्मा ओली आज झापाको पूर्वी गौरादहका ११ ठाउँमा आयोजना हुने कार्यक्रममा सहभागी हुँदैछन् ।

पार्टीको गौरादह नगर कमिटीले दिएको जानकारी अनुसार ११ बजे गौरादहको चारआलीबाट सुरु हुने कार्यक्रम अपरान्ह ५ बजे जयबहादुर अधिकारी टोलमा पुगेर समापन हुनेछ ।

पार्टीले दिएको जानकारी अनुसार बिहान ११ः४५ बजे पेट्रोलपम्पमा, १२ः३० बजे डिठा चोक, दिउँसो १ बजे हाँसखोरामा मतदातासँग भेटघाट गर्ने कार्यक्रम राखिएको छ ।

यसैगरी दिउँसो १ः३० बजे मादलडाँडा हुँदै पुरानो ग्वालडुब्बा, २ बजे ठकठकेमा कार्यक्रम राखिएको छ । यस्तै २ः३० बजे बैराती, ३ बजे जुरोपानी र ३ः३० बजे ग्वालडुब्बामा भेटघाट राखिएको छ । यस्तै ४ः१५ बजे जामबाडी र ४ः४५ बजे जयबहादुर अधिकारीको टोलमा कार्यक्रम राखिएको नगर कमिटी अध्यक्ष गजेन्द्र घिमिरेले जानकारी दिए ।

अध्यक्ष ओलीले टोलटोलमा आयोजना गरिएका भेटघाटमा मतदाताका समस्या सुन्ने त्यसलाई सम्बोधनको प्रतिवद्धता जनाउने गरेका छन् ।

अध्यक्ष ओलीसँगको साक्षात्कारमा मतदाताले स्थानीय क्षेत्रमा भएका भौतिक, शिक्षा र स्वास्थ्यका असुविधालाई बढी उठाउने गरेका छन् ।

अध्यक्ष ओलीले हिजो पश्चिम गौरादहका बालबथानदेखि स्कूलचौनसम्मका १० ठाउँमा मतदातासँग भेटघाट गरेका थिए । 

प्रकाशित मिति : २८ माघ २०८२, बुधबार  ८ : ५२ बजे

आफ्नै शरीरमा आगो लगाएकी महिलालाई वीर अस्पताल लगियो

काठमाडौं- राजधानीमा आत्मदाहको प्रयास गरेकी महिलालाई उपचारका लागि वीर अस्पताल

जेन-जी रिजनको टिप्पणी, ‘यो पाँच वर्षको जनादेश पाएको सरकार हो भन्ने अवस्था छैन’

काठमाडौं- जेन-जी आन्दोलनका अभियन्ता रिजन राना मगरले वर्तमान सरकारको कार्यशैलीप्रति

विपद्‍को आशा बनेर चम्किएका पाँच अनुहार : कसैले ज्यान बचाए, कसैले लिए घर बनाउने जिम्मा

काठमाडौं- जब भोटेकोशी र त्रिशूलीको उर्लिँदो भेलले बस्ती बगाउँदै थियो,

मध्यअफ्रिकी गणतन्त्रमा तैनाथ नेपाली शान्ति सैनिकको अदलीबदली

काठमाडौं– संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापनाका लागि मध्यअफ्रिकी गणतन्त्रमा संयुक्त