विश्वकपमा आज तीन खेल : पहिलो खेलमा दक्षिण अफ्रिका र अफगानिस्तान भिड्दै « Khabarhub

विश्वकपमा आज तीन खेल : पहिलो खेलमा दक्षिण अफ्रिका र अफगानिस्तान भिड्दै

दोस्रो खेलमा अस्ट्रेलिया र आयरल्यान्ड तेस्रो प्रतिस्पर्धामा इंग्ल्यान्ड र वेस्ट इन्डिज


२८ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी टी–२० विश्वकप अन्तर्गत मंगलबार तीन खेल हुँदैछन्। समूह ‘डी’, ‘सी’ र ‘बी’का एकएक खेल हुन लागेका हुन् । पहिलो खेलमा अफगानिस्तान र दक्षिण अफ्रिका, दोस्रो प्रतिस्पर्धामा अस्ट्रेलिया र आयरल्यान्ड भिड्दा तेस्रो खेलमा इंग्ल्यान्ड र वेस्ट इन्डिज आमनेसाम्ने हुँदैछन् ।

अफगानिस्तान र दक्षिण अफ्रिकाको भिडन्त
पहिलो खेलमा आज दक्षिण अफ्रिका र अफगानिस्तान भिड्दैछन्। यो खेल बिहान ११ बजेर १५ मिनेटमा अहमदाबादमा हुँदैछ । दक्षिण अफ्रिका र अफगानिस्तान दुवै टिमले दोस्रो खेल खेल्दैछन् । पहिलो खेलमा दक्षिण अफ्रिकाले क्यानडालाई ५७ रनले पराजित गरेको हो । अफगानिस्तान भने पहिलो खेलमा पराजित भएको टिम हो । अफगानिस्तान न्युजिल्यान्डसँग पाँच विकेटले पराजित भएको हो । अफगानिस्तान पहिलो जितका लागि प्रतिस्पर्धा गर्नेछ भने दक्षिण अफ्रिका लगातार दोस्रो जितको खोजीमा हुनेछ ।

दोस्रो खेलमा अस्ट्रेलिया र आरल्यान्डको भिडन्त
यो खेल श्रीलंकाको कोलम्बोमा दिउँसो ३ बजेर १५ मिनेट जाँदा सुरु हुँदैछ । विश्वकपमा अस्ट्रेलिया पहिलो खेल खेल्न खेल्न लागेको हो । आयरल्यान्ड भने पहिलो खेलमा श्रीलंकासँग २० रनले पराजित भएको छ। आजको खेलमा अस्ट्रेलिया र आरल्यान्ड दुवै टिम पहिलो जितको खोजीमा हुनेछन् ।

तेस्रो खेलमा वेस्ट इन्डिज र इंग्ल्यान्डको प्रतिस्पर्धा
विश्वकपमा पहिलो खेलमा विजयी भएका वेस्ट इन्डिज र इंग्ल्यान्ड दुवै टिम दोस्रो जितको खोजीमा छन् । पहिलो खेलमा इंग्ल्यान्डले नेपाललाई चार रनले हराएको हो । वेस्ट इन्डिजले भने स्कटल्यान्डलाई ३५ रनले हराउँदै विजयी सुरुवात गरेको हो। यो खेल बुधबार साँझ ७ बजेर १५ मिनेटमा भारतको मुम्बइस्थित वनखेडे मैदानमा हुँदैन ।

प्रकाशित मिति : २८ माघ २०८२, बुधबार  १० : १७ बजे

चिलिमेमा भेटिएका पाँच कर्मचारीको शव परिवारलाई हस्तान्तरण

रसुवा– चिलिमे जलविद्युत् केन्द्रमा फसेका पाँच कर्मचारीको शव सम्बन्धित परिवारजनलाई

हुम्लाको चङ्खेलीमा बाह्रै महिना अवैध जडीबुटी संकलन

हुम्ला– चङ्खेली गाउँपालिकाका विभिन्न वनमा बाह्रै महिना अवैध ढङ्गले जडीबुटी

शेखर कोइरालाको प्रश्न : कांग्रेस किन चहराइरहेको घाउमा मल्हम बन्न सकिरहेको छैन ?

काठमाडौं– नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टीभित्रको विभाजनप्रति चिन्ता व्यक्त

गिद्ध संरक्षणमा सफलता, संख्या बढाउनेमा नेपाल दक्षिण एसियाकै पहिलो

अर्घाखाँची– कुनै समय दक्षिण एसियाको आकाशबाटै हराउने अवस्थामा पुगेका गिद्ध

आज ‘बुढी पोल्ने’ पर्व मनाइँदै

डोटी– आज सुदूरपश्चिममा ‘बुढी पोल्ने’ पर्व मनाइँदैछ । धार्मिक विश्वासअनुसार