कार्यालय प्रमुखले नै भ्रष्टाचार नियन्त्रणको जिम्मा लिनुपर्छ : प्रधानमन्त्री कार्की « Khabarhub

कार्यालय प्रमुखले नै भ्रष्टाचार नियन्त्रणको जिम्मा लिनुपर्छ : प्रधानमन्त्री कार्की

‘भ्रष्टाचार नियन्त्रणका लागि हामीसँग पर्याप्त संरचना छन्’


२८ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टाचार नियन्त्रणका लागि हामीसँग पर्याप्त संरचना भएको बताएकी छन् ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगको ३५औं स्थापना दिवस समारोहमा आयोजित कार्यक्रमलाई सम्बोधन गनुृहुँदै उनले यस्तो बताएकी हुन्।

‘भ्रष्टाचार नियन्त्रणका लागि हामीकहाँ पर्याप्त संरचना छन्। पर्याप्त कानूनी र नीतिगत व्यवस्था पनि छन्, तर पनि किन हामीकहाँ भ्रष्टाचार अपेक्षाकृत नियन्त्रण हुन सकिरहेको छैन ?’, प्रश्न गर्दै प्रधानमन्त्री कार्कीले भनिन्, ‘किन भ्रष्टाचार निवारणकै माग राखी जेन–जी युवाले गत भदौ २३ र २४ गते सडकमा आन्दोलन गर्नुपर्‍यो ?’

उनले भ्रष्टाचार नियन्त्रणको प्राथमिक जिम्मेवारी सरकारको कार्यकारी अंगकै भएको बताइन् । ‘हामी सबैले बुझ्नुपर्ने र मनन पनि गर्नुपर्ने कुरा के छ भने भ्रष्टाचार नियन्त्रणको प्राथमिक जिम्मेवारी सरकारको नै हो, कार्यकारी अंगको नै हो’, उनले भनेकी छन्, ‘प्रत्येक निकाय र कार्यालयका प्रमुखले नै आफ्नो संस्था र संरचनाभित्रको भ्रष्टाचार नियन्त्रणको जिम्मा लिनुपर्छ।’

उनले भ्रष्टाचार नियन्त्रणका लागि कार्यकारी अंगभन्दा बेग्लै संरचनातिर मुख ताकेर बस्दासम्म चाहेको सुधार गर्न नसक्ने बताइन् ।

‘प्रत्येक कार्यालयमा हुने भ्रष्टाचार र घुसखोरीका लागि उक्त कार्यालयको प्रमुख नै जिम्मेवार हो’, उनले भनेकी छन्, ‘यो मान्यता, चेतना र जिम्मेवारीको बोध प्रत्येक राष्ट्र सेवक कर्मचारी, राजनीतिक नेतृत्व र अन्य सरोकारवालामा पनि हुनु जरुरी छ ।’

वर्तमान सरकारले सार्वजनिक खर्चमा मितव्ययिता अपनाएको दाबी प्रधानमन्त्री कार्कीको छ । ‘राज्यकोषमा भार पार्ने गरी हुने अनावश्यक भर्ती रोकेको छ। पर्याप्त तयारी नगरी केवल दुरुपयोगको उद्देश्यले मात्र रातो किताबमा राखिएका योजनाहरुको बजेट कटौती गरेको छ।
अवाञ्छित सुविधाहरु लिने र राज्यको स्रोधसाधन दुरुपयोग गर्ने प्रवृत्तिविरुद्ध हामी निर्मम ढंगले प्रस्तुत भएका छौँ’, प्रधानमन्त्री कार्कीले भनिन्, ‘नागरिकसँग प्रत्यक्ष सरोकार राख्ने नागरिकता, राहदानी, सवारीचालक अनुमतिपत्र लगायत सार्वजनिक सेवा सरल, शीघ्र, सुलभ ढङ्गले प्रदान गर्न सरकार निकै नै संवेदनशील भई लागिपरेको छ।’

उनले आगामी निर्वाचनपछि आउने सरकारलाई मार्गदर्शन हुने गरी सुशासनको मार्गचित्र तयारीको कार्य पनि अन्तिम चरणमा पुगेको बताइन्।

प्रकाशित मिति : २८ माघ २०८२, बुधबार  ११ : ४० बजे

डिजिटल पूर्वाधार सुरक्षामा श्रीलंकाको निर्णायक कदम

एजेन्सी– श्रीलंकाले बढ्दो डिजिटल जोखिम र प्रविधिसम्बन्धी अपराधलाई ध्यानमा राख्दै

निर्वाचन अनुगमनका लागि अन्तर्राष्ट्रिय पर्यवेक्षक तथा पत्रकारहरू बङ्गलादेशमा

एजेन्सी– बङ्गलादेशमा बिहिबारलाई तय भएको १३ औं आम चुनाव र

चितवन-२ : रविको हल्ला, मिनाको सल्लाह

काठमाडौं- चितवन क्षेत्र नम्बर–२ मा चर्चित प्रतिस्पर्धीराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

कपिलवस्तुमा भेटियो नेपालको पहिलो अप्सिडल बौद्ध मन्दिर

काठमाडौं– कपिलवस्तुमा नेपालको पहिलो अप्सिडल बौद्ध मन्दिरको उदाहरण पत्ता लागेको

निर्वाचन आचारसंहिता उल्लङ्घनमा ५१ स्पष्टीकरण, जवाफ ३० मात्र

काठमाडौं– केन्द्रीय आचारसंहिता अनुगमन समितिमा हालसम्म प्राप्त ५१ उजुरी प्राप्त भई