सुक्खाबन्दरगाहमा छ महिनामा ५७२ रेल्वे र्‍याकमार्फत सामान भित्रियो « Khabarhub

सुक्खाबन्दरगाहमा छ महिनामा ५७२ रेल्वे र्‍याकमार्फत सामान भित्रियो


२८ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयमातहतको सुक्खाबन्दरगाहमा चालु आर्थिक वर्षको छ महिनामा ५७२ रेल्वे र्‍याकमार्फत मालवस्तु तथा सामान भित्रिएको छ ।

नेपाल इन्टरमोडल यातायात विकास समिति वीरगञ्जका कार्यालय प्रमुख कमल ज्ञवालीका अनुसार भारतीय रेल्वे सेवामा देखापरेको ‘हल्टेज’को समस्याको कारणले चालु आवमा रेल्वे र्‍याक आउने क्रममा केही गिरावट आएको छ । 

गत आवको छ महिनाको तुलनामा चालु आवको छ महिनामा १६ कम रेल्वे र्‍याकमार्फत वस्तु तथा सामान भित्रिएका छन् । गत आवको छ महिनामा भने ५८८ रेल्वे र्‍याकमार्फत वस्तु तथा सामान भित्रिएको थियो । वीरगञ्जको सुुक्खाबन्दरगाहमा भारतको कोलकत्ता र हल्दिया पोर्ट र विशाखापटनम लगायतका बन्दरगाहबाट रेलमार्फत मालसमान ल्याउने गरिन्छ । 

एक पटकमा रेल्वे र्‍याकमार्फत ४० फुट क्षमताका ४५ कन्टेनरमा मालवस्तु ल्याउन सकिन्छ भने २० फुट क्षमताको भने ९० वटा कन्टेनरमा मालवस्तु ल्याउन सकिन्छ । 

नेपाल इन्टरमोडल यातायात विकास समिति वीरगञ्जका कार्यालय प्रमुख कमल ज्ञवालीले गत आर्थिक वर्षको छ महिनाको तुलनामा चालु आवको सोही अवधिमा रेल्वेर्‍याकमार्फत हुने आयातमा १६ वटा रेल्वेर्‍याकमार्फत कमी आएको बताए। चालु आवको साउनमा ९४ र्‍याक, भदौमा ९० र्‍याक, असोजमा १०१ र्‍याक, कात्तिकमा ९१ र्‍याक, मङ्सिरमा ९२ ¥याक र पुस महिनामा १०४ रेल्वे र्‍याकमार्फत वस्तु तथा सामान ल्याइएको थियो । 

गत आवको साउनमा ९९ रेल्वे र्‍याक, भदौमा १०२ वटा, असोजमा ११० वटा, कात्तिकमा ७९ वटा, मङ्सिरमा ९० र पुसमा १०८ रेल्वे र्‍याकमार्फत वस्तु तथा सामान भित्राइएको थियो । सुक्खाबन्दरगाहमा विशेष गरी स्पन्ज आइरन,रासायनिक मलखाद, जिप्सन तथा फलाम, कोइलालगायतका आयात गर्ने गरिन्छ । 

यहाँको वीरगञ्ज भन्सार कार्यालय मातहतको सुक्खाबन्दरगाह सञ्चालन र व्यवस्थापन गर्ने प्रिष्टिन भ्यालीका ‘अपरेसन इञ्चार्ज’ अभिषेक मिश्रले भारतीय रेल्वे प्रणालीमा विगत दुई महिनाअघि देखिएको समस्या अहिले विस्तारै कम हुँदै गइरहेको बताए।

 ‘केही महिनाअघिसम्म भारतको विहार राज्यमा निर्वाचन र चाडपर्वको कारणले पनि रेलसेवा केही प्रभावित भएको थियो’, उनले भने, ‘अहिले रेलसेवा केही सहज भइरहेको छ ।’

उनले कोलकोत्ताबाट मालबाहक सामान बोकेको रेल्वे र्‍याक वीरगञ्जसम्म आइपुग्न करिब आठ दिन लाग्ने र विशाखापटनमबाट भने करिब १० दिन लाग्ने दाबी गरे ।

प्रकाशित मिति : २८ माघ २०८२, बुधबार  १२ : १७ बजे

फिल्म ‘लालिमा’को टिजर सार्वजनिक

काठमाडौं – फागुन २९ गते प्रदर्शन मिति तोकिएको फिल्म ‘लालिमा’को

काठमाडौंको वायु प्रदूषण अझै अस्वस्थ

काठमाडौं- काठमाडौं उपत्यकाको वायु प्रदूषण आज पनि अस्वस्थको तहमा पुगेको

ग्यास अभावको गुनासो बढेपछि आयल निगमले टेकु कार्यालयबाट थाल्यो वितरण (तस्बिरहरु)

काठमाडौं- बजारमा खाना पकाउने ग्यासको अभाव भएको गुनासो बढेपछि नेपाल

डिजिटल पूर्वाधार सुरक्षामा श्रीलंकाको निर्णायक कदम

एजेन्सी– श्रीलंकाले बढ्दो डिजिटल जोखिम र प्रविधिसम्बन्धी अपराधलाई ध्यानमा राख्दै

निर्वाचन अनुगमनका लागि अन्तर्राष्ट्रिय पर्यवेक्षक तथा पत्रकारहरू बङ्गलादेशमा

एजेन्सी– बङ्गलादेशमा बिहिबारलाई तय भएको १३ औं आम चुनाव र