चुनावका कारण सर्‍यो ‘लालीबजार’को प्रदर्शन, टिजरमा स्वस्तिमा देखिइन् यौनकर्मीको भूमिकामा « Khabarhub

चुनावका कारण सर्‍यो ‘लालीबजार’को प्रदर्शन, टिजरमा स्वस्तिमा देखिइन् यौनकर्मीको भूमिकामा


२८ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चुनावका कारण षट्कोण आर्टसको ब्यानरमा बनेको फिल्म ‘लालीबजार’को प्रदर्शन सरेको छ ।

फागुन १ गते प्रदर्शन मिति तोकिएको यो फिल्म अब भने आगामी वैशाख १८ गते प्रदर्शनमा आउने भएको छ ।

निर्माण पक्षले बुधबार टिजर सार्वजनिक गरी नयाँ प्रदर्शन मितिबारे जानकारी दिएको हो ।

टिजरमा नायक रवीन्द्रसिंह बानियाँ र नायिका स्वस्तिमा खड्कालाई केन्द्र भागमा राखिएको छ ।

रवीन्द्रको पहिरनले फिल्म केही दशक पुरानो परिवेशमा बनेको महसुस हुन्छ ।

पारिवारिक रुपमा यौन पेसामा लागेको समुदाको कथा नायिका स्वस्तिामामार्फत् फिल्ममा देखाउन लागेको टिजरबाट बुझ्न सकिन्छ ।

नायिका खड्का यौन पेसामा संलग्न युवतीको भूमिकामा छिन् । बाल कलाकार समाइरा थापा उनको छोरीको भूमिकामा देखिएकी छन् ।

बर्दियाको राजापुरमा छायांकन गरिएका यस फिल्ममा स्वस्तिम, रवीन्द्रसिंसहित समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, आशा पौडेल, गोविन्द सुनार, आभाअर्याल, तारा शर्मा, रमेशवादी, सरस्वतीअधिकारी लगायतको अभिनय रहेको छ ।

निर्देशक यम थापाको कथा र निर्देशनमा यो फिल्म बनेको हो । निर्देशक थापा र अर्का निर्देशक प्रदीप भट्टराई मिलेर यो फिल्मको पटकथा र संवाद लेखेका हुन् ।

फिल्मको कार्यकारी निर्माता प्रदीप भट्टराई हुन् भने निर्माताहरु म्याक्स दीपेश खत्री र रविन्द्रसिंह बानियाँ हुन् ।

टिजरको लिंक :

प्रकाशित मिति : २८ माघ २०८२, बुधबार  २ : ०७ बजे

रियादतर्फ प्रहार गरिएको ब्यालेस्टिक मिसाइल साउदीले निष्क्रिय पार्‍यो

रियाद– यमनका हुथी विद्रोहीहरूले साउदी अरबको राजधानी रियादतर्फ प्रहार गरेको ब्यालेस्टिक

फ्रान्समा प्रदर्शन नियन्त्रण गर्न ७० हजार सुरक्षाकर्मी परिचालन

पेरिस– गत साता भएका प्रदर्शनका क्रममा वर्षौँयताकै गम्भीर सहरी हिंसा

सम्पर्कविहीन दुई जापानी पर्वतारोहीको शव भेटियो

मनाङ– गङ्गापूर्ण हिमाल आरोहणका क्रममा सम्पर्कविहीन भएका जापानी पर्वतारोहीको शव

जलवायु न्यायको मागलाई गम्भीरतापूर्वक लिन विश्व समुदायलाई पूर्वराष्ट्रपति भण्डारीको आग्रह

 काठमाडौँ– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका हालैका अकल्पनीय प्राकृतिक विपद्का घटनाले

आईसीयू नहुँदा राप्ती प्रादेशिक अस्पतालका गम्भीर बिरामी जिल्ला बाहिर रेफर

तुलसीपुर– दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा सघन उपचार कक्ष (आईसीयू)