चुनावका कारण सर्‍यो ‘लालीबजार’को प्रदर्शन, टिजरमा स्वस्तिमा देखिइन् यौनकर्मीको भूमिकामा « Khabarhub

चुनावका कारण सर्‍यो ‘लालीबजार’को प्रदर्शन, टिजरमा स्वस्तिमा देखिइन् यौनकर्मीको भूमिकामा


२८ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चुनावका कारण षट्कोण आर्टसको ब्यानरमा बनेको फिल्म ‘लालीबजार’को प्रदर्शन सरेको छ ।

फागुन १ गते प्रदर्शन मिति तोकिएको यो फिल्म अब भने आगामी वैशाख १८ गते प्रदर्शनमा आउने भएको छ ।

निर्माण पक्षले बुधबार टिजर सार्वजनिक गरी नयाँ प्रदर्शन मितिबारे जानकारी दिएको हो ।

टिजरमा नायक रवीन्द्रसिंह बानियाँ र नायिका स्वस्तिमा खड्कालाई केन्द्र भागमा राखिएको छ ।

रवीन्द्रको पहिरनले फिल्म केही दशक पुरानो परिवेशमा बनेको महसुस हुन्छ ।

पारिवारिक रुपमा यौन पेसामा लागेको समुदाको कथा नायिका स्वस्तिामामार्फत् फिल्ममा देखाउन लागेको टिजरबाट बुझ्न सकिन्छ ।

नायिका खड्का यौन पेसामा संलग्न युवतीको भूमिकामा छिन् । बाल कलाकार समाइरा थापा उनको छोरीको भूमिकामा देखिएकी छन् ।

बर्दियाको राजापुरमा छायांकन गरिएका यस फिल्ममा स्वस्तिम, रवीन्द्रसिंसहित समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, आशा पौडेल, गोविन्द सुनार, आभाअर्याल, तारा शर्मा, रमेशवादी, सरस्वतीअधिकारी लगायतको अभिनय रहेको छ ।

निर्देशक यम थापाको कथा र निर्देशनमा यो फिल्म बनेको हो । निर्देशक थापा र अर्का निर्देशक प्रदीप भट्टराई मिलेर यो फिल्मको पटकथा र संवाद लेखेका हुन् ।

फिल्मको कार्यकारी निर्माता प्रदीप भट्टराई हुन् भने निर्माताहरु म्याक्स दीपेश खत्री र रविन्द्रसिंह बानियाँ हुन् ।

टिजरको लिंक :

प्रकाशित मिति : २८ माघ २०८२, बुधबार  २ : ०७ बजे

ज्ञानेन्द्र शाहीको प्रश्न- जेनजी आन्दोलनका दोषीलाई कारबाही कहिले ?

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानबहादुर शाहीले ‘जेनजी’ आन्दोलनका क्रममा

डीपफेकविरुद्ध सामन्थाको कानुनी लडाइँ, अदालतले भन्यो- ‘नाम, तस्बिर र आवाजको दुरुपयोग गर्न पाइँदैन’

काठमाडौं– एआईको प्रयोग गरेर आफ्नो तस्बिर, आवाज र पहिचानसँग जोडिएका

गोलञ्जोर आधारभूत अस्पतालमा शव परीक्षण सुरु

काठमाडौं– सिन्धुली जिल्लाको गोलञ्जोरस्थित आधारभूत अस्पतालमा शव परीक्षण सेवा सुरु

सदनमा उठाइएका आवाजबारे सरकार गम्भीर भएन : उपनेता हमाल

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संसदीय दलका उपनेता प्रमेशकुमार हमालले

६ महिनामा सरकारको ‘फासीवादी’ प्रवृत्ति देखियो : नेता थापा

काठमाडौं–  नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापाले वर्तमान सरकारको