इनड्राइभद्वारा नेपालमा ड्राइभर पार्टनर्सका लागि ०.०१% सेवा शुल्क लागू « Khabarhub

इनड्राइभद्वारा नेपालमा ड्राइभर पार्टनर्सका लागि ०.०१% सेवा शुल्क लागू


२८ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इनड्राइभले नेपालका ड्राइभर पार्टनर्सका लागि अत्यन्त न्यून ०.०१% सेवा शुल्क लागू गरेको घोषणा गरेको छ । 

फेब्रुअरी २०२६ देखि लागू भएको यस पहलले ड्राइभर पार्टनर्सलाई आफ्नो आम्दानीको लगभग सम्पूर्ण हिस्सा सुरक्षित राख्न सहयोग पुर्‍याउनेछ, जसले उनीहरूको आर्थिक सशक्तीकरणलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ ।

इनड्राइभको विशिष्ट पियर–टु–पियर मोडेलअनुसार यात्रु र चालकबीच भाडा पारस्परिक सहमतिमा निर्धारण हुने व्यवस्था रहेको छ । 

लगभग शून्य सेवा शुल्कको यो नयाँ नीतिले सो प्रणालीलाई अझ प्रभावकारी, पारदर्शी र चालक–मैत्री बनाउँदै ड्राइभर पार्टनर्सलाई प्रत्यक्ष रूपमा लाभ पुग्ने कम्पनीले विश्वास व्यक्त गरेको छ ।

यस पहलको मुख्य उद्देश्य प्लेटफर्मको दिगो सञ्चालन सुनिश्चित गर्दै चालकहरूको वास्तविक आम्दानी बढाउनु, उनीहरूको स्वायत्तता सुदृढ गर्नु तथा सेवा प्रदान गर्ने क्रममा निर्णय लिने स्वतन्त्रतालाई अझ बलियो बनाउनु हो । 

कम्पनीका अनुसार यस्तो न्यून सेवा शुल्क संरचनाले इनड्राइभलाई निष्पक्ष मूल्य निर्धारण र ‘फेयर राइड्स’ को अवधारणालाई व्यवहारमा उतार्ने अग्रणी प्लेटफर्मका रूपमा स्थापित गर्न थप मद्दत गर्नेछ ।
यो ०.०१% सेवा शुल्क अभियान इनड्राइभले दैनिक रूपमा शहरलाई गतिशील बनाइराख्ने मेहनती ड्राइभर पार्टनर्सप्रति कृतज्ञता व्यक्त गर्ने एक प्रयास हो । 

‘इनड्राइभमा हामी आफूलाई ठूलो समुदायको एक हिस्सा ठान्छौँ, र बलियो समुदायहरू पारस्परिक सहयोगमा आधारित हुन्छन् भन्ने हाम्रो विश्वास छ,’ इनड्राइभ नेपालकी सिनियर ड्राइभर अपरेसन्स स्पेसलिस्ट सुश्री सुनिता जीमी राईले बताइन् ।

उनले थपिन्,’०.०१% सेवा शुल्क लागू गरेर हामी हाम्रा ड्राइभर पार्टनर्सले बढी कमाउन सकून भन्ने सुनिश्चित गर्न चाहन्छौँ, जसले गर्दा यात्रुहरूले सुरक्षित, निष्पक्ष र किफायती सवारीको अनुभव लिइरहनेछन् । यो पहलले सबैका लागि छनोटको स्वतन्त्रता, उचित मूल्य निर्धारण र सुरक्षाप्रतिको हाम्रो प्रतिबद्धतालाई पुनः पुष्टि गर्दछ ।’

प्रकाशित मिति : २८ माघ २०८२, बुधबार  १२ : ४१ बजे

तीन दिन सतर्कता अपनाउन झापा प्रशासनको आग्रह

झापा– बङ्गालको खाडीमा उत्पन्न ‘अर्नब’ चक्रवातबाट हुनसक्ने सम्भावित विपदबाट जोगिन

यी भूभागमा चट्याङसहित मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि सुरक्षा कार्ययोजना पुनरावलोकन

झापा– झापामा मानव–हात्ती द्वन्द्वका घटना बढ्दै गएपछि त्यसबाट हुने मानवीय

एनपीएल : काठमाडौँ र जनकपुर तथा कर्णाली र विराटनगर भिड्दै

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल

बिहीबार भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १२ गते बिहीबार सन् २०२६