पर्यटन र चलचित्र विकास बोर्डबीच चार बुँदे समझदारी « Khabarhub

पर्यटन र चलचित्र विकास बोर्डबीच चार बुँदे समझदारी


२८ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल पर्यटन बोर्ड र चलचित्र विकास बोर्डबीच चार बुँदे समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपक राज जोशी र चलचित्र विकास बोर्डका कार्यकारी अध्यक्ष दिनेश राज दाहाल (दिनेश डिसी)ले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । 

समझदारीअनुसार प्रत्येक वर्ष हुने प्रतिष्ठित कान्स फिल्म फेस्टिभलमा नेपालको आधिकारिक पभेलियन स्थापना गरी नेपाली चलचित्र तथा नेपालका पर्यटकीय गन्तव्यको अन्तर्राष्ट्रिय प्रचार–प्रसार गरिनेछ । 

त्यस्तै, पोखरालाई चलचित्र र पर्यटनको संगमस्थलका रूपमा विकास गर्न फिल्म फेस्टिभल आयोजना गरिने सहमति भएको छ । 

सहमतिपत्रमा हस्ताक्षर गर्दै पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपक राज जोशीले चलचित्र छायाङ्कनका लागि आवश्यक नीतिगत सुधार, अनुमति प्रक्रियाको सरलीकरण र सहजीकरण आवश्यक रहेको उल्लेख गर्दै चलचित्र बोर्डसँगको सहकार्यले उच्च सम्भावना बोकेका गन्तव्यहरूलाई अन्तर्राष्ट्रिय बजारमा अघि बढाउन मद्दत पुग्ने धारणा राखे ।

त्यस्तै चलचित्र विकास बोर्डका अध्यक्ष डिसीले नेपाललाई पर्यटन प्रधान देश बनाउन हातेमालो गरेर अघि बढ्ने बताए ।

समझदारी पत्रमा चलचित्रमार्फत प्रेरित यात्रालाई प्रोत्साहन गर्ने, अन्तर्राष्ट्रिय प्रदर्शनी तथा बजारमा संयुक्त प्रवर्द्धन गर्ने, नेपाललाई अडियो–भिजुअल उत्पादनका लागि आकर्षक गन्तव्यका रूपमा स्थापित गर्ने तथा पूर्वाधार विकास र प्रवर्द्धन अभियान सञ्चालन गर्ने विषय समेटिएका छन् । 

प्रकाशित मिति : २८ माघ २०८२, बुधबार  २ : ०० बजे

धोबीखोलामा बगेका एक जनाको उद्धार

काठमाडौं- धोबीखोलामा खसेका एक जनाको सकुशल उद्धार गरिएको छ ।

भोटेकोशी बाढीका कारण गत्लाङका किसान थप चिन्तित

रसुवा– रसुवामा गएको बाढीले सडक सञ्जाल बगाएपछि गत्लाङका बन्दागोभी किसान

विपत्तिबाट सहाराविहीन नागरिकको संरक्षण राज्यले गर्नुपर्छ : यादव

कपिलवस्तु- जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले प्राकृतिक विपत्तिबाट सहाराविहीन

साउदी अरबका चार सहरमा हुथीको आक्रमण, ७३ भन्दा बढी घाइते

रियाद- इरान समर्थित यमनको हुथी समूहले साउदी अरबका चार सहरहरूमा

एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै

काठमाडौं- एनसेलले भोटेकोशी नदीमा आएको बाढी प्रभावित क्षेत्रमा हाल भइरहेको