रणवीर सिंहलाई बिश्नोई गिरोहको धम्की, मुम्बई प्रहरीद्वारा छानबिन तीव्र « Khabarhub

रणवीर सिंहलाई बिश्नोई गिरोहको धम्की, मुम्बई प्रहरीद्वारा छानबिन तीव्र


२८ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बलिउड अभिनेता रणवीर सिंहलाई व्हाट्सएपमार्फत करोडौँ रुपैयाँ फिरौती माग्दै धम्कीपूर्ण भ्वाइस नोट पठाइएको घटनापछि मुम्बई प्रहरीले विस्तृत अनुसन्धान सुरु गरेको छ। प्रहरीले मंगलबार घटनाको पुष्टि गर्दै सुरक्षा निकायलाई सतर्क बनाइएको जनाएको छ।

ब्लकबस्टर फिल्म ‘धुरन्धर’बाट यतिबेला चर्चामा रहेका ४० वर्षीय अभिनेता रणवीरको घर वरिपरि सुरक्षा व्यवस्था कडा पारिएको छ। धम्की सन्देश प्राप्त भएपछि प्रहरीले साइबर सेल र अपराध अनुसन्धान शाखालाई परिचालन गरेको जनाएको छ।

यो घटना निर्देशक रोहित शेट्टीको जुहुस्थित निवासमा भएको गोलीकाण्डको केही दिनपछि सार्वजनिक भएको हो। फेब्रुअरी १ तारिख राति करिब १२:५ बजे शेट्टीको नौ तले भवनको पहिलो तलामा कम्तीमा पाँच राउन्ड गोली प्रहार गरिएको थियो। तीमध्ये एक गोली भवनभित्र रहेको जिमको सिसामा लागेको प्रहरीले जनाएको छ। घटनामा संलग्न आरोपमा पाँच जना पक्राउ परिसकेका छन्।

भारतीय सञ्चारमाध्यमका अनुसार, दुवै घटनामा लरेन्स बिश्नोई गिरोहको संलग्नता हुन सक्ने आशंका गरिएको छ। पक्राउ परेकाहरू फरार रहेका गिरोहका सदस्य शुभम लोणकरको निर्देशनमा काम गरिरहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको दाबी गरिएको छ। लोणकर एनसीपी नेता बाबा सिद्दिकीको हत्या तथा अभिनेता सलमान खानको बान्द्रास्थित घर बाहिर भएको गोली प्रहार घटनामा पनि वाञ्छित रहेको बताइएको छ।

यसअघि पनि बिश्नोई गिरोहले सलमान खान र कपिल शर्मालगायत केही सेलिब्रेटीलाई धम्की दिएको विवरण सार्वजनिक हुँदै आएका छन्। एक घटनामा सलमानका पिता सलीम खान बिहान हिँड्न जाँदा धम्कीपत्र राखिएको समेत उल्लेख गरिएको थियो।

पछिल्लो घटनाले बलिउड क्षेत्रमा कलाकारहरूको सुरक्षाबारे फेरि बहस सुरु गराएको छ। प्रहरीले सबै कोणबाट अनुसन्धान भइरहेको र संलग्नमाथि कानुनी कारबाही अघि बढाइने जनाएको छ।

प्रकाशित मिति : २८ माघ २०८२, बुधबार  ३ : ५३ बजे

तराईमा बढेको धार्मिक तनावप्रति नागरिक समाजको चिन्ता, सद्भाव कायम गर्न अपिल

काठमाडौँ – तराईका केही जिल्लामा हिन्दू-मुस्लिम समुदायबीच देखिएको द्वन्द्वप्रति चिन्ता

रसुवागढी हुँदै कैलाश मानसरोवर जानेको चाप (तस्बिर)

रसुवा– रसुवागढी नाका प्रयोग गरेर एक वर्षमा साढे १३ हजार

३२९ ग्राम खैरो हेरोइनसहित नागपोखरीबाट चार जना पक्राउ

काठमाडौँ – काठमाडौँको नागपोखरीस्थित एक घरबाट ३२९.०५ ग्राम लागू औषध

कान्तिपुर सेभिङ र पशुपति सहकारीका ३४१ बचतकर्ताको रकम फिर्ता

काठमाडौँ– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले पछिल्लो पटक कान्तिपुर सेभिङ र

महोत्तरीमा स्कुल बस दुर्घटना, चालकसहित ६ जना घाइते

महोत्तरी – महोत्तरीको गौशाला नगरपालिका-९ डुमरवानास्थित भित्री सडकखण्डमा मंगलबार बिहान