फिलिपिन्समा डुङ्गा डुब्दा मृत्यु हुनेको सङ्ख्या ५२ पुग्यो, २७ अझै बेपत्ता « Khabarhub

फिलिपिन्समा डुङ्गा डुब्दा मृत्यु हुनेको सङ्ख्या ५२ पुग्यो, २७ अझै बेपत्ता


२८ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– दक्षिणी फिलिपिन्सको बासिलान प्रान्तमा डुङ्गा डुब्दा मृत्यु हुनेको सङ्ख्या ५२ पुगेको छ भने २७ जना अझै बेपत्ता रहेको फिलिपिन्स कोस्ट गार्ड (पीसीजी)ले बुधबार जनाएको छ।

पीसीजीका अनुसार ‘एमभी त्रिशा केर्स्टिन–३’ नामक डुङ्गामा कूल ३७२ जना सवार रहेको प्रमाणित भएको छ। डुङ्गा दुर्घटनापछि दुई सातासम्म गरिएको अनुसन्धान र विभिन्न निकायसँगको तथ्य प्रमाणीकरणपछि अद्यावधिक विवरण सार्वजनिक गरिएको हो।

प्रारम्भिक अनुसन्धानका आधारमा जीवित उद्धार गरिएका व्यक्तिको सङ्ख्या २९३ पुगेको जनाइएको छ। पूर्ण पहिचान तथा प्रमाणीकरण प्रक्रियापछि सूचीमा रहेका यात्रु र अघोषित चालक दलका सदस्यसमेत समावेश गर्दै तथ्यांक परिमार्जन गरिएको पीसीजीले स्पष्ट पारेको छ।

उद्धार टोलीले बेपत्ता व्यक्तिको खोजी कार्य जारी राखेको जनाएको छ। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको अधिकारीहरूले बताएका छन्।

प्रकाशित मिति : २८ माघ २०८२, बुधबार  ४ : १९ बजे

हेलिकप्टर दुर्घटनामा परेका पाइलट र घाइतेलाई काठमाडौं लगिँदै

खोटाङ– खोटाङको केपिलासगढी गाउँपालिका-२ खार्तम्छाको बालाबेंसीमा काठमाडौंबाट गएको एयर डाइनेष्टीको

रविले बोलाउँदा पनि सांसदको तालिममा गएनन् बालेन, दिए ‘सेड्युल प्याक’ रहेको जवाफ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको अभिमुखीकरण समापन कार्यक्रममा पार्टी सभापति रवि

भारतमा आगलागी, ७ जनाको मृत्यु

एजेन्सी– भारतको मध्य प्रदेशको एउटा घरमा बुधबार आगलागी हुँदा कम्तिमा

गाजामा इजरायली आक्रमण, हमासका कमाण्डर मारिएको दाबी

एजेन्सी – इजरायली सेनाले गाजामा गरिएको लक्षित आक्रमणमा हमासका एक

नारायणगढ-मुग्लिन सडकका ४३ ठाउँ पहिरोको जोखिममा

चितवन– नारायणगढ-मुग्लिन सडकखण्डका ४३ ठाउँ पहिरोको जोखिममा छन् । सडक