राष्ट्रियसभामा अर्थमन्त्रीको जवाफ- रोक्का आयोजनाको रकम फुकुवा भइसकेको छ « Khabarhub

राष्ट्रियसभामा अर्थमन्त्रीको जवाफ- रोक्का आयोजनाको रकम फुकुवा भइसकेको छ


२८ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अर्थमन्त्री रामेश्वर खनालले वर्तमान सरकार गठन भएपछि रोक्का गरिएका कतिपय आयोजनाको रकम फुकुवा भइसकेको बताएका छन् । 

बुधबार राष्ट्रियसभा बैठकमा सांसदहरूले राखेका प्रश्नको जवाफ दिँदै मन्त्री खनालले तत्कालीन विशेष परिस्थितिमा कम प्राथमिकतामा परेका र केही खुद्रे टुक्रे आयोजनाको रकम रोक्का गरिएकोमा अहिले प्राथमिकतामा अनुसार धेरै आयोजनाहरूको रकम फुकुवा भएर आयोजनाहरू शुरु हुने क्रममा रहेको बताएका हुन् ।

आन्दोलनबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माण गर्नुपर्ने, सार्वजनिक सेवाको पुनः सञ्चालन गर्नको निमित्त खर्चको जोहो गर्नुपर्ने र निर्वाचनका लागि समेत रकम छुट्टाउनुपर्ने भएकाले आयोजनाहरूको दायित्व सृजना भएर भुक्तानी गर्न नसकिएको उनले बताए ।

उनले आयोजनाहरूको पुनः प्राथमिकीकरण गर्ने, अनुत्पादक खर्च कटौती गरेर मितव्यता काम गर्ने मन्त्रिपरिषद्को असोज ५ गतेको निर्णय अनुसार तयारी नभएका , खरिद प्रक्रियामा नगएका र अर्थतन्त्रलाई खासै लाभ दिन नसक्ने आयोजनाहरूको रकम स्थगन मात्रै गरिएको जानकारी दिए ।

तर अहिले डिजाइन सकेर टेन्टरमा जाने क्रममा रहेका वा गइसकेका, उपभोक्ता समितिसँग सम्झौता भएर काम प्रारम्भ हुने क्रममा रहेका लगायतका केही महत्त्वपूर्ण आयोजनाहरूको रकम फुकुवा गरिएको उनको भनाइ छ । 

प्रकाशित मिति : २८ माघ २०८२, बुधबार  ४ : २९ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली