‘आचार्य’को सुटिङ सक्काए लगत्तै निखिल ‘कस्तुरी’मा जोडिए, जोडी बर्षा सिवाकोटी « Khabarhub

‘आचार्य’को सुटिङ सक्काए लगत्तै निखिल ‘कस्तुरी’मा जोडिए, जोडी बर्षा सिवाकोटी


२८ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आफ्नो निर्देशनमा फिल्म ‘आचार्य’को सुटिङ सक्काए लगत्तै नायक निखिल उप्रेती ‘कस्तुरी’मा जोडिएको छन् । ‘आचार्य’को छायाङ्कन केही साताअघि मात्रै पूरा भएको हो ।

ललितपुरको बंगामुखी मन्दिरमा मंगलबार शुभ मुहूर्त गरेपछि ‘कस्तुरी’ टिमले छायाङ्कन थालेको हो ।

यो फिल्ममा निखिलको जोडीको भूमिकामा नायिका वर्षा सिवाकोटी छन् । निखिल र वर्षाले पहिलो पटक स्क्रिन सेयर गर्न लागेका हुन् ।

‘कस्तुरी’का लेखक र निर्देशक ऋत बोहोरा हुन् । निर्देशक बोहोरका अनुसार यो फिल्मको छायाङ्कन काठमाडौं उपत्यकाका जिल्लाहरुमा हुनेछ ।

क्राइम सस्पेन्स थ्रिलर जनरामा बनेको यस फिल्ममा निखिल र वर्षाका साथमा शेखर चापागाईं,निर्मल शर्मा,नीशा अधिकारी,अर्जुन गुरुङ,भोलाराज सापकोटालगायतको अभिनय रहेनछ ।

टेन इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा बनेको यो फिल्मको निर्माता धिरजकुमार अग्रवाल हुन् ।

निखिलको अभिनय रहेको प्रदर्शनमा आएको पछिल्लो फिल्म ‘भिलेन’ हो । यो ०७५ पुषमा प्रदर्शनमा आएको थियो । उनी ७ वर्ष ठूलो पर्दामा देखिएनन् ।

अहिले भने निखिल एकपछि अर्को फिल्ममा जोडिएका छन् । उनले केही समयपछि फिल्म ‘पारस’को सुटिङ सुरु गर्नेछन् ।

निखिल सन् २००० को दशकको सबैभन्दा बढी व्यस्तमा नायकका गनिन्छन् ।

प्रकाशित मिति : २८ माघ २०८२, बुधबार  ६ : ३५ बजे

ज्ञानेन्द्र शाहीको प्रश्न- जेनजी आन्दोलनका दोषीलाई कारबाही कहिले ?

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानबहादुर शाहीले ‘जेनजी’ आन्दोलनका क्रममा

डीपफेकविरुद्ध सामन्थाको कानुनी लडाइँ, अदालतले भन्यो- ‘नाम, तस्बिर र आवाजको दुरुपयोग गर्न पाइँदैन’

काठमाडौं– एआईको प्रयोग गरेर आफ्नो तस्बिर, आवाज र पहिचानसँग जोडिएका

गोलञ्जोर आधारभूत अस्पतालमा शव परीक्षण सुरु

काठमाडौं– सिन्धुली जिल्लाको गोलञ्जोरस्थित आधारभूत अस्पतालमा शव परीक्षण सेवा सुरु

सदनमा उठाइएका आवाजबारे सरकार गम्भीर भएन : उपनेता हमाल

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संसदीय दलका उपनेता प्रमेशकुमार हमालले

६ महिनामा सरकारको ‘फासीवादी’ प्रवृत्ति देखियो : नेता थापा

काठमाडौं–  नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापाले वर्तमान सरकारको