‘आचार्य’को सुटिङ सक्काए लगत्तै निखिल ‘कस्तुरी’मा जोडिए, जोडी बर्षा सिवाकोटी « Khabarhub

‘आचार्य’को सुटिङ सक्काए लगत्तै निखिल ‘कस्तुरी’मा जोडिए, जोडी बर्षा सिवाकोटी


२८ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आफ्नो निर्देशनमा फिल्म ‘आचार्य’को सुटिङ सक्काए लगत्तै नायक निखिल उप्रेती ‘कस्तुरी’मा जोडिएको छन् । ‘आचार्य’को छायाङ्कन केही साताअघि मात्रै पूरा भएको हो ।

ललितपुरको बंगामुखी मन्दिरमा मंगलबार शुभ मुहूर्त गरेपछि ‘कस्तुरी’ टिमले छायाङ्कन थालेको हो ।

यो फिल्ममा निखिलको जोडीको भूमिकामा नायिका वर्षा सिवाकोटी छन् । निखिल र वर्षाले पहिलो पटक स्क्रिन सेयर गर्न लागेका हुन् ।

‘कस्तुरी’का लेखक र निर्देशक ऋत बोहोरा हुन् । निर्देशक बोहोरका अनुसार यो फिल्मको छायाङ्कन काठमाडौं उपत्यकाका जिल्लाहरुमा हुनेछ ।

क्राइम सस्पेन्स थ्रिलर जनरामा बनेको यस फिल्ममा निखिल र वर्षाका साथमा शेखर चापागाईं,निर्मल शर्मा,नीशा अधिकारी,अर्जुन गुरुङ,भोलाराज सापकोटालगायतको अभिनय रहेनछ ।

टेन इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा बनेको यो फिल्मको निर्माता धिरजकुमार अग्रवाल हुन् ।

निखिलको अभिनय रहेको प्रदर्शनमा आएको पछिल्लो फिल्म ‘भिलेन’ हो । यो ०७५ पुषमा प्रदर्शनमा आएको थियो । उनी ७ वर्ष ठूलो पर्दामा देखिएनन् ।

अहिले भने निखिल एकपछि अर्को फिल्ममा जोडिएका छन् । उनले केही समयपछि फिल्म ‘पारस’को सुटिङ सुरु गर्नेछन् ।

निखिल सन् २००० को दशकको सबैभन्दा बढी व्यस्तमा नायकका गनिन्छन् ।

प्रकाशित मिति : २८ माघ २०८२, बुधबार  ६ : ३५ बजे

रियादतर्फ प्रहार गरिएको ब्यालेस्टिक मिसाइल साउदीले निष्क्रिय पार्‍यो

रियाद– यमनका हुथी विद्रोहीहरूले साउदी अरबको राजधानी रियादतर्फ प्रहार गरेको ब्यालेस्टिक

फ्रान्समा प्रदर्शन नियन्त्रण गर्न ७० हजार सुरक्षाकर्मी परिचालन

पेरिस– गत साता भएका प्रदर्शनका क्रममा वर्षौँयताकै गम्भीर सहरी हिंसा

सम्पर्कविहीन दुई जापानी पर्वतारोहीको शव भेटियो

मनाङ– गङ्गापूर्ण हिमाल आरोहणका क्रममा सम्पर्कविहीन भएका जापानी पर्वतारोहीको शव

जलवायु न्यायको मागलाई गम्भीरतापूर्वक लिन विश्व समुदायलाई पूर्वराष्ट्रपति भण्डारीको आग्रह

 काठमाडौँ– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका हालैका अकल्पनीय प्राकृतिक विपद्का घटनाले

आईसीयू नहुँदा राप्ती प्रादेशिक अस्पतालका गम्भीर बिरामी जिल्ला बाहिर रेफर

तुलसीपुर– दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा सघन उपचार कक्ष (आईसीयू)