गगन टिमले कपी गर्‍यो ओलीको ‘झोले’ स्टाइल : गगनलाई समर्थन गर्दा बाख्रा कराउने « Khabarhub

गगन टिमले कपी गर्‍यो ओलीको ‘झोले’ स्टाइल : गगनलाई समर्थन गर्दा बाख्रा कराउने


२८ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अहिले पनि झिनो रूपमा जारी रहेको तर, विगतमा एमालेका नेता तथा कार्यकर्तामाथि ‘झोले’ को रूपमा विपक्षीहरूले नकारात्मक टिप्पणी गर्ने गर्थे ।

सामाजिक सञ्जालमा स्टाटस लेख्नेदेखि प्रतिक्रिया दिने क्रममा विशेष गरी एमालेमाथि आक्रमणको शैलीमा नै झोले टिप्पणी हुन थालेपछि एमालेको नेतृत्व तहबाट नै त्यसलाई सकारात्मक अभिव्यक्तिमा बदल्ने नयाँ शैली ‘म झोले हुँ’ भन्ने क्याम्पिङ सुरु गरिएको थियो ।

नकारात्मक प्रहारमाथि आक्रमण गर्ने उद्देश्यले सुरु गरिएको सो अभियानमा एमालेभित्र नै एक प्रकारको धार जस्तो बन्न पुग्यो । जहाँ सबै एमालेका नेता तथा कार्यकर्ता नै सहभागी नभएको स्पष्ट देखिन्थ्यो ।

राजनीतिक रूपमा विचार तथा नीति फरक हुने हुँदा एक पक्षले अर्को पक्षको राजनीति तथा विचारमाथि स्वाभाविक रूपमा सहमति जनाउँदैन । तर, विशेष गरी नेतृत्वले गरेको र भनेको कुरालाई आलोचनात्मक दृष्टिले हेर्ने र ग्रहण गर्ने भन्दा पनि सबै कुरालाई सही भन्ने नकारात्मक प्रवृत्तिको रूपमा एमालेका नेता तथा कार्यकर्तामाथि झोलेको टिप्पणी भएको स्पष्ट बुझ्न सकिन्थ्यो ।

त्यस्तै, लामो समयदेखि हालका नेपाली कांग्रेसका सभापति गगन थापामाथि पनि ‘बाख्रा’ काण्डको नकारात्मक अस्पष्ट आरोप लगाउँदै सामाजिक सञ्जालमा टीकाटिप्पणी गर्ने गरिएको पाइन्छ । यद्यपि सो विषय कहिँकतै मुद्दा मामिला भएको वा कुनै अदालतमा विचाराधीन अवस्थामा रहेको भने देखिँदैन ।

तर, सो विषय भने सभापति थापामाथि छलछाम वा भ्रष्टाचार वा अनियमितताको संकेतको रूपमा प्रयोग गरिएको नकारात्मक टिप्पणी वा आरोप हो । जुन कुराको स्पष्टीकरण सभापति थापा स्वयंले विभिन्न ढंगले सार्वजनिक रूपमा नै दिँदै आएका छन् ।

तर, समाजमा स्थापित नकारात्मक कुरालाई चिर्नको लागि पछिल्लो समयमा कांग्रेस सभापति थापाको टिमले पनि ओली समूहको टिमले प्रयोग गरेको स्टाइललाई नै कपी गरेको छ । सभापति थापाको प्रतिरक्षा गर्दै व्यंग्यात्मक रूपमा उनको प्रविधि समूले ‘मटन डट वल्ड’ डोमेन नामको वेबसाइट नै निर्माण गरेको छ ।

सो साइट खोल्ने बित्तिकै सुरुमा नयाँ नेपालका लागि गगन थापा भन्ने राखिएको छ । जहाँ एउटा र्‍याप शैलीमा एउटा छोटो गीत राखिएको छ । साइटको होमपेजमा ‘मटनफेस्टो’ हेर्नुहोस् भनेर लेखिएको छ जुन अपडेट गर्न बाँकी छ भनेर लेखिएको छ । त्यस्तै, सोही बटन नेर थापाको जीवनी पनि उल्लेख गरिएको छ ।

वेबसाइटमा थापामाथि लाग्ने गरेको आरोपबारे स्पष्ट पार्नेगरी ‘बाख्राकाण्ड तथ्य, प्रमाण र वास्तविकता’ भनेर व्याख्या सहित केही प्रमाण पनि प्रस्तुत गरिएको छ । साथै, सभापति थापाका केही अन्तरवार्ताहरू पनि राखिएको छ ।

सो साइटमा केही विषयलाई निकै रोचक ढंगले प्रस्तुत पनि गरिएको छ । सभापति थापालाई लागेको ‘बाख्रा काण्ड’लाई खण्डन गर्नेगरी किन गगन थापा गट हुन भनेर अंग्रेजीमा गटको फुल फर्म प्रस्तुत गर्दै गट भनेको ‘ग्रेटेस्ट अफ अल टाइम’ भनेर उल्लेख छ ।

धेरै कुरा अपडेटकै क्रममा रहेको सो साइटको अन्त्यमा आन्दोलनमा सहभागी हुनुहोस् भनेर एउटा बटन राखिएको छ । जहाँ थिच्दा बाख्रा कराएको आवाज आउँदै स्वस्तिक चिन्ह देखिन्छ ।

प्रकाशित मिति : २८ माघ २०८२, बुधबार  ५ : ५० बजे

५८ करोड ५३ लाखभन्दा बढी राजस्व संकलन

दाङ– यातायात व्यवस्था कार्यालय तुलसीपुरले आर्थिक वर्ष २०८२-८३ मा ५८

रोकिराखेको बस आफैँ गुड्दा दुर्घटना, दुई तीर्थयात्रीको मृत्यु

त्रिशूली– नुवाकोटको टोखा–छहरे सडकखण्डमा आज भएको बस दुर्घटनामा दुई जनाको

काठमाडौंमा भारतको ८०औँ स्वतन्त्रता दिवस मनाइयो, ११ मृत सैनिकका परिवारलाई बीमा रकम प्रदान

काठमाडौं- भारतको ८०औँ स्वतन्त्रता दिवस शनिबार काठमाडौंस्थित भारतीय राजदूतावासमा विभिन्न कार्यक्रम

विशेष महाधिवेशन पक्षधरलाई साउदको जवाफ, ‘अदालतले वैधता देला, राजनीतिक एकता दिन सक्दैन’

काठमाडौं– नेपाली कांग्रेसका नेता एनपी साउदले इतर समूहको राष्ट्रिय भेलामा

नाइजेरियामा समुदायबीचको झडपमा २० जनाभन्दा बढीको मृत्यु

अबुजा- मध्य नाइजेरियाको नाइजर राज्यमा प्रतिद्वन्द्वी काम्बारी र फुलानी समुदायबीच भएको