बागी उम्मेदवारलाई चुनावपछि पार्टीमा फर्किने छुट छैन : लेखनाथ दाहाल « Khabarhub

बागी उम्मेदवारलाई चुनावपछि पार्टीमा फर्किने छुट छैन : लेखनाथ दाहाल


२८ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का नेता लेखनाथ दाहालले निर्वाचनमा पार्टीलाई धोका दिएर निर्वाचनको भोलिपल्ट पार्टीमा फर्कने छुट कसैलाई नहुने स्पष्ट पारेका छन् । 

नेकपा सिन्धुली–काठमाडौं सम्पर्क समन्वय समितिले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सिन्धुली क्षेत्र नम्बर–२ का नेकपा उम्मेदवार समेत रहेका दाहालले निर्वाचनमा बागी उम्मेदवार उठाएर पार्टीलाई धोका दिने र निर्वाचनको भोलिपल्ट पार्टी फर्कने छुट कसैलाई नभएको बताएका हुन् । 

उनले आफ्नै निर्वाचन क्षेत्रमा आफूले सहमतिका लागि हरिबोल गजुरेललाई पटक पटक आग्रह गर्दा नमानेको तर्क गरे  । दाहालले पार्टीको तल्लो कमिटीको सिफारिस र पार्टीको निर्देशन र निर्णय अनुसार नै आफूले सिन्धुली–२ मा मनोनयन दर्ता गरेको भन्दै पार्टीले दिएको जिम्मेवारी बहन गर्दा कुनै अपराध नगरेको स्पष्ट पारे । 

उनले सिन्धुली–२ मा स्वतन्त्र उम्मेदवारी दिएका महेश्वर दाहाल र हरिबोल गजुरेलसंग छलफल र समन्वय गरिरहेको भन्दै कमजोरी सच्याउने अवसर अझै पनि रहेको धारणा राखे ।

त्यस्तै नेता दाहालले यसअघिको सरकारको गलत कामले गर्दा देश खरानी बन्न पुगेको भन्दै तिनै व्यक्तिहरूलाई सरकारमा ल्याएर गल्ती गर्ने काम जनताले नगर्ने जिकिर गरे । 

नेकपाको बिचारलाई कार्यान्वयन गर्न, संविधानको व्यवहारिक रुपमा कार्यान्वयन गर्न नेकपाको बहुमत आवश्यक रहेको उनको भनाइ छ । 

प्रकाशित मिति : २८ माघ २०८२, बुधबार  ५ : ५७ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली