बागी उम्मेदवारलाई चुनावपछि पार्टीमा फर्किने छुट छैन : लेखनाथ दाहाल « Khabarhub

बागी उम्मेदवारलाई चुनावपछि पार्टीमा फर्किने छुट छैन : लेखनाथ दाहाल


२८ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का नेता लेखनाथ दाहालले निर्वाचनमा पार्टीलाई धोका दिएर निर्वाचनको भोलिपल्ट पार्टीमा फर्कने छुट कसैलाई नहुने स्पष्ट पारेका छन् । 

नेकपा सिन्धुली–काठमाडौं सम्पर्क समन्वय समितिले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सिन्धुली क्षेत्र नम्बर–२ का नेकपा उम्मेदवार समेत रहेका दाहालले निर्वाचनमा बागी उम्मेदवार उठाएर पार्टीलाई धोका दिने र निर्वाचनको भोलिपल्ट पार्टी फर्कने छुट कसैलाई नभएको बताएका हुन् । 

उनले आफ्नै निर्वाचन क्षेत्रमा आफूले सहमतिका लागि हरिबोल गजुरेललाई पटक पटक आग्रह गर्दा नमानेको तर्क गरे  । दाहालले पार्टीको तल्लो कमिटीको सिफारिस र पार्टीको निर्देशन र निर्णय अनुसार नै आफूले सिन्धुली–२ मा मनोनयन दर्ता गरेको भन्दै पार्टीले दिएको जिम्मेवारी बहन गर्दा कुनै अपराध नगरेको स्पष्ट पारे । 

उनले सिन्धुली–२ मा स्वतन्त्र उम्मेदवारी दिएका महेश्वर दाहाल र हरिबोल गजुरेलसंग छलफल र समन्वय गरिरहेको भन्दै कमजोरी सच्याउने अवसर अझै पनि रहेको धारणा राखे ।

त्यस्तै नेता दाहालले यसअघिको सरकारको गलत कामले गर्दा देश खरानी बन्न पुगेको भन्दै तिनै व्यक्तिहरूलाई सरकारमा ल्याएर गल्ती गर्ने काम जनताले नगर्ने जिकिर गरे । 

नेकपाको बिचारलाई कार्यान्वयन गर्न, संविधानको व्यवहारिक रुपमा कार्यान्वयन गर्न नेकपाको बहुमत आवश्यक रहेको उनको भनाइ छ । 

प्रकाशित मिति : २८ माघ २०८२, बुधबार  ५ : ५७ बजे

धोबीखोलामा बगेका एक जनाको उद्धार

काठमाडौं- धोबीखोलामा खसेका एक जनाको सकुशल उद्धार गरिएको छ ।

भोटेकोशी बाढीका कारण गत्लाङका किसान थप चिन्तित

रसुवा– रसुवामा गएको बाढीले सडक सञ्जाल बगाएपछि गत्लाङका बन्दागोभी किसान

विपत्तिबाट सहाराविहीन नागरिकको संरक्षण राज्यले गर्नुपर्छ : यादव

कपिलवस्तु- जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले प्राकृतिक विपत्तिबाट सहाराविहीन

साउदी अरबका चार सहरमा हुथीको आक्रमण, ७३ भन्दा बढी घाइते

रियाद- इरान समर्थित यमनको हुथी समूहले साउदी अरबका चार सहरहरूमा

एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै

काठमाडौं- एनसेलले भोटेकोशी नदीमा आएको बाढी प्रभावित क्षेत्रमा हाल भइरहेको