सडक दुर्घटनाको सत्यतथ्य छानबिन गर्न महासङ्घको माग « Khabarhub

सडक दुर्घटनाको सत्यतथ्य छानबिन गर्न महासङ्घको माग


२८ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले सडक दुर्घटनाको सत्यतथ्य छानबिन गर्न माग गरेको छ ।

महासङ्घका कार्यवाहक महासचिव पुरुषोत्तम सिङ्खडाले आज एक विज्ञप्ति जारी गरी पछिल्लो एक हप्तामा ठूला दुई दुर्घटना हुँदा दर्जनौँ व्यक्तिले अकालमा मृत्युवरण गर्नुपरेको भन्दै सडक दुर्घटनाको सत्यतथ्य छानबिन गर्न माग गरेका हुन् ।

माघ २७ गते काठमाडौँबाट ओखलढुङ्गा जाँदै गरेको पूर्व अरनीको यातायात रामेछापमा दुर्घटना हुँदा १२ जनाको र माघ २२ गते बैतडीको पुर्चौडीमा जन्ती बस दुर्घटना हुँदा १३ जनाको मृत्यु  हुनुका साथै दर्जनौँ यात्रु घाइते भएका  थिए ।

महासङ्घले दुर्घटनामा निधन भएकाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतक आत्माको चीरशान्तिको कामना साथै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । कार्यवाहक महासचिव सिङ्खडाले देशभर भएका सडक दुर्घटनाको सत्यतथ्य छानबिन गरी सम्बन्धित पक्षलाई तत्काल राहत एवम् उद्धारको व्यवस्थाका लागि सरकारसँग माग गरे ।

महासङ्घले सिट क्षमताभन्दा बढी यात्रु बोकेर यात्रा नगराउनुको साथै यात्रु टिकट काट्दा अनिवार्य रूपमा पहिचान खुलेको प्रमाण र नाम, सम्पर्क नम्बर अनिवार्य उल्लेख गरी दैनिक रेकर्ड अद्यावधिक गर्न सबैमा आग्रह गरेको छ ।

महासङ्घले आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनमा हिमाल, तराई, पहाडी ग्रामीण क्षेत्रमा यातायात सञ्चालन गर्दा कसैको प्रलोभनमा नपरी सिट क्षमता भन्दा बढी यात्रु नराखी सिट क्षमताभित्र मात्र यात्रु राखी यातायात सेवा सञ्चालन गर्न अनुरोध गरेको छ ।

सडक दुर्घटना पश्चात सरकारद्वारा गठित सिमलताल बस दुर्घटना अध्ययन प्रतिवेदनलगायत विषयमा बनेका सडक दुर्घटना छानबिन प्रतिवेदन कार्यान्वयन नहुँदा दिन प्रतिदिन सडक दुर्घटनाको जोखिम बढ्दै गइरहेकाले नेपाल सरकारद्वारा गठित दुर्घटना अध्ययन प्रतिवेदनसमेत तत्काल कार्यान्वयनका लागि महासङ्घले अनुरोध गरेको छ ।
 

प्रकाशित मिति : २८ माघ २०८२, बुधबार  ७ : ५० बजे

गाजामा इजरायली आक्रमण, हमासका कमाण्डर मारिएको दाबी

एजेन्सी – इजरायली सेनाले गाजामा गरिएको लक्षित आक्रमणमा हमासका एक

नारायणगढ-मुग्लिन सडकका ४३ ठाउँ पहिरोको जोखिममा

चितवन– नारायणगढ-मुग्लिन सडकखण्डका ४३ ठाउँ पहिरोको जोखिममा छन् । सडक

शव बोकेर गएको हेलिकप्टर खोटाङमा दुर्घटना

खोटाङ- खोटाङमा हेलिकप्टर दुर्घटना भएको छ । खोटाङको केपिलासगढी गाउँपालिका-२

विद्युतीय कार चार्जका क्रममा सल्किएको आगोले कम्तीमा ८ जनाको मृत्यु

नयाँदिल्ली- भारतको मध्येप्रदेशस्थित इन्दौर सहरमा विद्युतीय कार चार्ज गर्ने क्रममा

कृषि क्षेत्रको कर्जा सीमामा पछि हट्यो राष्ट्र बैंक, अब बैंकले १० प्रतिशत लगानी गरे हुने

काठमाडौं– नेपाल राष्ट्र बैंकले बैंकहरूबाट कृषि क्षेत्रमा गर्नुपर्ने लगानीको सीमा