अमेरिकाले कडा माग राखेका कारण आणविक वार्ता सफल नभएको इरानको दाबी « Khabarhub

अमेरिकाले कडा माग राखेका कारण आणविक वार्ता सफल नभएको इरानको दाबी


२८ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

तेहरान – इरानका राष्ट्रपति मसुद पेजेस्कियनले पश्चिमा मुलुक र अमेरिकाले अत्यधिक कडा माग गरेका कारण तेहरान र वासिङ्टनबीचको आणविक वार्ताको प्रगतिमा बाधा पुगेको बताएका छन् ।

सन् १९७९ को इस्लामिक क्रान्तिको ४७ औं वार्षिकोत्सवको अवसरमा राजधानीमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले आणविक वार्ताको प्रगतिमा बाधक इरान नभएको दावी गर्दै यसको दोष पश्चिमा गठबन्धनलाई दिएका हुन् ।

राष्ट्रपति पेजेश्कियानले इरानले आणविक हतियारको खोजी नगरेको र कुनै पनि प्रमाणीकरणका लागि तयार रहेको जिकिर गरे ।

“हामी विश्वास के कुरामा विश्वास गर्छौं भने यस क्षेत्रका समस्याहरू क्षेत्रीय देशहरूले मात्र समाधान गर्न सक्छन्, विदेशी राष्ट्रहरूले होइन,” उनले भने ।

“इरानले कहिले पनि अत्यधिक माग र आक्रामकताको अगाडि आत्मसमर्पण गर्ने छैन,” भने ।

यसैबीच, पेजेस्कियानले इरान इमान्दारिताका साथ कूटनीतिको बाटोमा हिँडिरहेको र क्षेत्रीय शान्ति सुनिश्चित गर्न पश्चिम एशियाका देशहरूसँग अन्तरक्रिया गरिरहेको बताए ।

देशमा हालैको अशान्तिको बारेमा राष्ट्रपति पेजेश्कियानले भने, “आफ्नो प्रशासनले इरानी जनताको समस्या समाधानका लागि हरसम्भव प्रयास गरिरहेको छ र इरानलाई अन्य कुनै पनि कुराभन्दा आन्तरिक एकताको आवश्यकता छ।”

उनले घरेलु आर्थिक विकासलाई गति दिन इरानले अन्तर्राष्ट्रिय बजार, विशेष गरी मुस्लिम र छिमेकी देशहरूको बजारमा पहुँच प्राप्त गर्नुपर्ने बताए ।

प्रकाशित मिति : २८ माघ २०८२, बुधबार  ८ : ५२ बजे

जलाइएको भवनअगाडि उभिएर सुधन गुरुङ : भाषण होइन, सुशासनको सपना पूरा गर्न आएका हौँ

काठमाडौं- गृहमन्त्री सुधन गुरुङले आफूहरू कुनै ठूला भाषण गर्न नभई

तीन चार जना पत्रकारलाई गृहमन्त्री गुरुङको चेतावनी- पार्टीसँगै तपाईँहरू पनि सुध्रिनुस्

काठमाडौं- गृहमन्त्री सुधन गुरुङले तीन-चार जना पत्रकारलाई सुध्रिन चेतावनी दिएका

कांग्रेसको तल्लो तहका अधिवेशनको कार्यतालिका फेरि परिमार्जन

काठमाडौं– नेपाली कांग्रेसले १५औँ महाधिवेशनअन्तर्गत तल्लो तहका अधिवेशनको कार्यतालिका फेरि

जेन-जी शहीदका आमालाई खगेन्द्रले भने- तिम्रो छोरो ढल्यो, यो देश उठ्यो

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारले जेन-जी आन्दोलनका क्रममा ज्यान

भाद्र २३ र २४ गते यो देशमा जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस्: सभापति लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सडकबाट नवयुवाले सोधेका