जलाइएको भवनअगाडि उभिएर सुधन गुरुङ : भाषण होइन, सुशासनको सपना पूरा गर्न आएका हौँ « Khabarhub

जलाइएको भवनअगाडि उभिएर सुधन गुरुङ : भाषण होइन, सुशासनको सपना पूरा गर्न आएका हौँ


२३ भाद्र २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गृहमन्त्री सुधन गुरुङले आफूहरू कुनै ठूला भाषण गर्न नभई जनताको आशा र सुशासनको सपना पूरा गर्न सरकारमा आएको बताएका छन् । नयाँ बानेश्वरस्थित पुरानो संसद भवनमा आयोजित जेन-जी सहिद दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सडक संघर्षमा आफ्ना साथीहरूले बगाएको रगत र दिएको बलिदान अझै पनि ताजै रहेको बताए ।

सहिदका परिवार तथा घाइतेहरूप्रति उत्तरदायी रहँदै उनले आफूलाई मन्त्रीका रूपमा भन्दा पनि सहिद परिवारको आफ्नै छोरा, भाइ वा दाइका रूपमा हेर्न आग्रह गरे । नागरिकको आशा र विश्वासमा कुनै कमी आउन नदिने र आफूले पाएको जिम्मेवारीलाई इमानदारीका साथ पूरा गर्ने प्रतिबद्धता उनले व्यक्त गरे ।

पुराना राजनीतिक दलहरूप्रति कडा टिप्पणी गर्दै गृहमन्त्री गुरुङले इतिहासलाई फेर्ने वा आन्दोलनको अपमान गर्ने कोसिस नगर्न चेतावनी दिए । भदौ २३ को आन्दोलन सत्ताको लोभ वा शक्तिको घमण्डका लागि नभई मुलुकमा सुशासन कायम गर्नका लागि भएको उनको भनाइ थियो । उनले तीन करोड नेपाली जनताको जनादेश र बलिदानबाट प्राप्त परिवर्तनलाई कसैले पनि कमजोर ठान्न नहुने उल्लेख गरे ।

वर्तमान सरकारको लक्ष्य सत्ता टिकाउनु नभई जनताको सेवा गर्नु रहेको बताउँदै उनले प्रधानमन्त्री बालेन्द्र शाह र पार्टी सभापति रवि लामिछानेको विश्वास तथा आम जनताको आशालाई मर्न नदिने दाबी गरे । भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति लिइने र एक रुपैयाँ पनि भ्रष्टाचार भएको पाइए गृहमन्त्री स्वयं जनताका तर्फबाट लड्ने उनले उद्घोष गरे ।

उनले नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले पुर्‍याएको योगदानको प्रशंसा गरे । पुराना सरकारहरूले सुरक्षा निकायलाई राजनीतिक स्वार्थका लागि दुरुपयोग गरेको आरोप लगाउँदै उनले वर्तमान सरकारले उनीहरूलाई निष्पक्ष रूपमा कार्यसम्पादन गर्ने वातावरण दिएको र सुरक्षाकर्मीलाई पनि न्याय दिलाउने प्रतिबद्धता जनाए ।

आफ्नो नेतृत्व र युवा पुस्ताले देशलाई नयाँ दिशामा लैजाने दाबी गर्दै गृहमन्त्री गुरुङले आगामी दिनमा काम गरेर देखाउने र जनताको विश्वाशलाई कहिल्यै तोड्न नदिने बताए ।

प्रकाशित मिति : २३ भाद्र २०८३, मंगलबार  ४ : १६ बजे

भालुको पित्त र हात्तीको दाह्रासहित तीनजना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले संरक्षित वन्यजन्तु भालुको पित्त र हात्तीको दाह्रासहित

बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज बुधबार, श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २१ गते बुधबार सन् २०२६

आज २०८३ साल असोज २१ गते बुधबारको राशिफल

काठमाडौँ – आज २०८३ साल असोज २१ गते बुधबार सन्

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका