टी–२० विश्वकप : वेस्ट इन्डिजले इंग्ल्यान्डलाई दियो १९७ रनको लक्ष्य « Khabarhub

टी–२० विश्वकप : वेस्ट इन्डिजले इंग्ल्यान्डलाई दियो १९७ रनको लक्ष्य


२८ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

मुम्बई – आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत मुम्बईको वानखेडे स्टेडियममा जारी खेलमा वेस्ट इन्डिजले इंग्ल्यान्डलाई १९७ रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिले बलिङ रोजेको इंग्ल्यान्डविरुद्ध वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १९६ रन बनाएको हो ।

वेस्ट इन्डिजका लागि शेरफन रदरफोर्डले उत्कृष्ट ब्याटिङ गर्दै ४२ बलमा अविजित ७६ रनको इनिङ खेले । उनले २ चौका र ७ छक्का प्रहार गर्दै टोलीलाई प्रतिस्पर्धी स्कोरमा पुर्‍याएका थिए। त्यसैगरी जेसन होल्डरले १७ बलमा ३३ रन जोडे भने रोस्टन चेजले ३४ रनको योगदान दिए ।

इंग्ल्यान्डका बलर आदिल राशिदले २ विकेट लिएसँगै ऐतिहासिक उपलब्धि हासिल गरेका छन् । राशिद प्रतियोगितामा इंग्ल्यान्डका लागि सर्वाधिक विकेट लिने बलर बन्नुका साथै टी–२० क्रिकेटमा ४०० विकेट पूरा गर्ने कीर्तिमान बनाउन सफल भए ।

यसअघि इंग्ल्यान्डले आफ्नो पहिलो खेलमा नेपाललाई ४ रनले पराजित गरेको थियो भने वेस्ट इन्डिजले स्कटल्यान्डलाई ३५ रनले हराएको थियो ।

प्रकाशित मिति : २८ माघ २०८२, बुधबार  ९ : १८ बजे

जडीबुटी बेचेर चार करोड राजस्व असुली

कर्णाली– कर्णाली प्रदेशले गत आर्थिक वर्षमा जडीबुटी निकासीबाट चार करोड

जनकपुरधाम–अयोध्या विशेष रेल सेवा सञ्चालनको अन्तिम चरणमा

जनकपुरधाम– जनकपुरधामदेखि भारतको पवित्र तीर्थस्थल अयोध्यासम्म विशेष रेल सेवा सञ्चालनको

निर्वाचन परिणाम बदनाम गर्न खोजेको भन्दै नेतान्याहुको आलोचना

जेरुसेलम- इजरायलका प्रमुख विपक्षी नेता गादी आइसेनकोट र अरब नेतृत्वका राजनीतिक

अमेरिकी मध्यावधि चुनावमा चार करोड ३० लाखभन्दा बढीले गरे मतदान

वासिङ्टन- अमेरिकामा मध्यावधि निर्वाचन हुन एक साताभन्दा कम समय बाँकी रहँदा

भुटानमा हिमताल विस्फोटपछि भारतका छ जिल्लामा उच्च सतर्कता

नयाँदिल्ली- भुटानको हिमाली क्षेत्रमा हिमताल विस्फोटबाट आएको बाढीको जोखिम बढेपछि