टी–२० विश्वकप : वेस्ट इन्डिजले इंग्ल्यान्डलाई दियो १९७ रनको लक्ष्य « Khabarhub

टी–२० विश्वकप : वेस्ट इन्डिजले इंग्ल्यान्डलाई दियो १९७ रनको लक्ष्य


२८ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

मुम्बई – आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत मुम्बईको वानखेडे स्टेडियममा जारी खेलमा वेस्ट इन्डिजले इंग्ल्यान्डलाई १९७ रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिले बलिङ रोजेको इंग्ल्यान्डविरुद्ध वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १९६ रन बनाएको हो ।

वेस्ट इन्डिजका लागि शेरफन रदरफोर्डले उत्कृष्ट ब्याटिङ गर्दै ४२ बलमा अविजित ७६ रनको इनिङ खेले । उनले २ चौका र ७ छक्का प्रहार गर्दै टोलीलाई प्रतिस्पर्धी स्कोरमा पुर्‍याएका थिए। त्यसैगरी जेसन होल्डरले १७ बलमा ३३ रन जोडे भने रोस्टन चेजले ३४ रनको योगदान दिए ।

इंग्ल्यान्डका बलर आदिल राशिदले २ विकेट लिएसँगै ऐतिहासिक उपलब्धि हासिल गरेका छन् । राशिद प्रतियोगितामा इंग्ल्यान्डका लागि सर्वाधिक विकेट लिने बलर बन्नुका साथै टी–२० क्रिकेटमा ४०० विकेट पूरा गर्ने कीर्तिमान बनाउन सफल भए ।

यसअघि इंग्ल्यान्डले आफ्नो पहिलो खेलमा नेपाललाई ४ रनले पराजित गरेको थियो भने वेस्ट इन्डिजले स्कटल्यान्डलाई ३५ रनले हराएको थियो ।

प्रकाशित मिति : २८ माघ २०८२, बुधबार  ९ : १८ बजे

हुम्लाको चङ्खेलीमा बाह्रै महिना अवैध जडीबुटी संकलन

हुम्ला– चङ्खेली गाउँपालिकाका विभिन्न वनमा बाह्रै महिना अवैध ढङ्गले जडीबुटी

शेखर कोइरालाको प्रश्न : कांग्रेस किन चहराइरहेको घाउमा मल्हम बन्न सकिरहेको छैन ?

काठमाडौं– नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टीभित्रको विभाजनप्रति चिन्ता व्यक्त

गिद्ध संरक्षणमा सफलता, संख्या बढाउनेमा नेपाल दक्षिण एसियाकै पहिलो

अर्घाखाँची– कुनै समय दक्षिण एसियाको आकाशबाटै हराउने अवस्थामा पुगेका गिद्ध

आज ‘बुढी पोल्ने’ पर्व मनाइँदै

डोटी– आज सुदूरपश्चिममा ‘बुढी पोल्ने’ पर्व मनाइँदैछ । धार्मिक विश्वासअनुसार

ऐतिहासिक दुङमागढीलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिँदै

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिका–५ सानोदुम्मामा रहेको ऐतिहासिक दुङमागढी (गढीडाँडा) पर्यटकीय