पूर्वमुख्यमन्त्री शर्मा नेकपाबाट निष्कासित « Khabarhub

पूर्वमुख्यमन्त्री शर्मा नेकपाबाट निष्कासित


२८ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


333
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कर्णालीका पूर्वमुख्यमन्त्री  राजकुमार शर्मा पार्टीबाट निष्काशित भएका छन् । नेपाली कम्युनिस्ट पार्टीले उनलाई पार्टीबाट निष्काशन गरेको जानकारी प्रदेश सभालाई गराएको छ ।

कर्णाली प्रदेशसभामा दलका प्रमुख सचेतक कृष्ण जिसीले प्रदेशसभाबाट निष्काशन भएको जानकारी गराउँदै प्रदेश सभा सदस्यबाट हटाउन पत्र पठाएका हुन् ।

नेकपाले उनलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको छ ।

माघ २६ मा बसेको नेकपाको केन्द्रीय समिति बैठकले शर्मालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको हो ।

नेकपाको कर्णाली प्रदेश संसदीय दलको बैठकले शर्मालाई प्रदेशसभा सदस्यबाट पनि हटाउने भएको छ ।

जिसीका अनुसार, प्रदेशसभा सचिवालयलाई जानकारी दिइएको पत्रमा नेता शर्मा पार्टीको नीति, सिद्धान्त, उद्देश्य र आचरणविपरित गतिविधिमा संलग्न भएको उल्लेख गरिएको छ । सोही आधारमा उनलाई केन्द्रीय समिति लगायत सम्पूर्ण जिम्मेवारीबाट हटाउँदै पार्टी सदस्यताबाट निष्कासन गरिएको जनाइएको छ ।

पत्रमा राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३२ को उपदफा .(२) र (५) बमोजिम पार्टी सदस्यबाट निष्कासन भएपछि प्रदेशसभा सदस्य पद समेत नरहने कानुनी व्यवस्था रहेको उल्लेख गर्दै आवश्यक कारबाही गर्न प्रदेशसभा सचिवालयलाई अनुरोध गरिएको जनाइएको छ ।

शर्मा तत्कालीन नेकपा (माओवादी केन्द्र) बाट कर्णाली प्रदेशको मुख्यमन्त्री भइसकेका थिए ।

प्रकाशित मिति : २८ माघ २०८२, बुधबार  ९ : ४५ बजे

एनपीएलमा पाकिस्तानी खेलाडीका लागि पीसीबीले किन माग्यो २५ हजार डलर ?

काठमाडाैँ – नेपाल प्रिमियर लिग (एनपीएल) सुरु हुँदा पाकिस्तान क्रिकेट

मतदाताका घरआँगनमा आशिका

धादिङ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले

कहीँ नभएको जात्रा हाँडीगाउँमा ! चोक्टेनारायण जात्रा सुरु (तस्बिरहरू)

काठमाडौं– दसैँको कोजाग्रत पूर्णिमाको भोलिपल्टदेखि काठमाडौँको हाँडीगाउँमा मनाइने चोक्काथुनारायणको जात्रा सुरु

जनकपुरले जित्यो टस, पहिले फिल्डिङ गर्दै

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

ओलीले भने- नेपालीहरूमा आफ्ना देशका विद्वानलाई नचिन्ने प्रवृत्ति छ

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालीहरूमा आफ्ना देशका