कार्यसम्पादनमा विशेष ध्यान दिन महानिरीक्षक कार्कीको निर्देशन « Khabarhub

कार्यसम्पादनमा विशेष ध्यान दिन महानिरीक्षक कार्कीको निर्देशन


२८ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीले मातहतका प्रहरी कर्मचारीहरूलाई इमानदारिता, पारदर्शिता र उच्च कर्तव्यनिष्ठाका साथ कार्यसम्पादन गर्न निर्देशन दिएका छन् ।

प्रहरी प्रधान कार्यालय, नक्सालमा आज आयोजित कार्यक्रममा अख्तियार दुरूपयोग अनुसन्धान आयोग, टङ्गालमा कार्यरत रही उत्कृष्ट कार्यसम्पादन गरी पुरस्कृत भएका प्रहरी कर्मचारीहरूलाई उनले राष्ट्र र सङ्गठनप्रति थप जिम्मेवार भई काम गर्न निर्देशन दिए ।

महानिरीक्षक कार्कीले सुशासन प्रवद्र्धन र भ्रष्टाचार नियन्त्रणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्दै उक्त आयोगमा खटिएका प्रहरी कर्मचारीहरूले निर्वाह गरेको जिम्मेवारी प्रशंसनीय रहेको बताए ।

उनले अनुसन्धानमा व्यावसायिक दक्षता, लगनशीलता र निष्ठाले नेपाल प्रहरी सङ्गठनको गरिमा अझ उँचो बनाएको उल्लेख गरे ।

उनले भने, “आफ्नो व्यावसायिक ज्ञान, सीप र अनुभवको उच्चतम प्रयोग गर्दै अनुसन्धान क्षेत्रमा उत्कृष्ट कार्यसम्पादन गर्न सफल हुनुभएका सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई नेपाल प्रहरी सङ्गठनको तर्फबाट हार्दिक बधाई ज्ञापन गर्दछु । आगामी दिनमा समेत अझ बढी जिम्मेवार, इमानदार र कर्तव्यनिष्ठ भई राष्ट्र र जनताको सेवामा समर्पित रहनु हुनेछ भन्ने विश्वास लिएको छु ।”

प्रहरी महानिरीक्षक कार्कीले भ्रष्टाचार विरुद्धको अभियानलाई प्रभावकारी बनाउन अनुसन्धान कार्यलाई प्रमाणमुखी, तथ्यपरक र निष्पक्ष बनाउनुपर्ने आवश्यकता औँल्याए । उनले अनुसन्धानमा संलग्न कर्मचारीहरूले कानूनी प्रक्रिया, मानवअधिकारको सम्मान र पेशागत आचारसंहितालाई विशेष ध्यान दिनुपर्नेमा जोड दिए ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगको ३५औँ स्थापना दिवसको अवसर पारेर आयोगमा कार्यरत ३५ जना प्रहरी कर्मचारीहरूलाई उत्कृष्ट कार्यसम्पादनको आधारमा सम्मान तथा पुरस्कृत गरिएको थियो । पुरस्कृत हुने कर्मचारीहरूले विभिन्न जटिल तथा संवेदनशील मुद्दाहरूको अनुसन्धान सफलतापूर्वक सम्पन्न गरी भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्धनमा महत्त्वपूर्ण योगदान पुर्‍याएको जनाइएको छ ।

सो अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, प्रहरी वरिष्ठ अधिकृतहरू तथा अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो । नेपाल प्रहरीले पछिल्लो समय अनुसन्धान क्षमताको सुदृढीकरण, तालिम तथा स्रोतसाधनको व्यवस्थापनमार्फत सङ्गठनलाई थप प्रभावकारी बनाउने अभियानलाई तीव्रता दिएको छ ।

प्रकाशित मिति : २८ माघ २०८२, बुधबार  १० : ३९ बजे

बागमती प्रदेशसभा बैठक बस्दै

हेटौँडा– बागमती प्रदेशसभाको बैठक आज बस्दैछन् । बैठक बिहान ११

मधुवा रोगको समस्याले किसान चिन्तित

बाँके– बाँकेमा आँपको फल लाग्ने बेला यस वर्ष मधुवा रोगको

वसन्तयामको धौलागिरि हिमाल आरोहण सुरु, पहिलो दिन नौ जनाले गरे आरोहण

म्याग्दी– धौलागिरि हिमालमा चालु वसन्तयामको आरोहण सुरु भएको छ ।

हर्मुज पुनः बन्द गर्ने इरानको निर्णय, इन्धनको विश्वव्यापी मूल्य बढ्ने त्रास

तेहरान – इरानले सामरिक रूपमा निकै महत्त्वपूर्ण मानिने ‘स्ट्रेट अफ

आजदेखि भोजपुर गोल्डकप फुटबल प्रतियोगिता सुरु हुँदै

भोजपुर– नवौँ संस्करणको भोजपुर गोल्डकप फुटबल प्रतियोगिता आजबाट सुरु हुँदैछ