गोपालमान भन्छन्- गगनको साहसले कांग्रेसलाई सुदृढ बनाएको छ « Khabarhub

गोपालमान भन्छन्- गगनको साहसले कांग्रेसलाई सुदृढ बनाएको छ

'अहिलेको घडीमा गगनले राजीनामा दिनु पार्टी र देशको हितमा हुँदैन'


२७ फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री गोपालमान श्रेष्ठले महामन्त्री गगन थापाको साहस र भिजनले पार्टीलाई थप सुदृढ बनाएको बताएका छन् । हालै सम्पन्न संघीय संसद् निर्वाचनको परिणामपछि महामन्त्री थापालाई एक पत्र लेख्दै नेता श्रेष्ठले वर्तमान चुनौतीपूर्ण अवस्थामा उनको नेतृत्वको प्रशंसा गरेका हुन् ।

निर्वाचन परिणाम अपेक्षाअनुसार नआए पनि लोकतन्त्रको रक्षा र विधिको शासन सुदृढीकरण नै मुख्य उपलब्धि रहेको श्रेष्ठको ठहर छ । ‘निर्वाचनको नतिजाभन्दा पनि हाम्रा लागि लोकतन्त्रको रक्षा र राजनीतिक अस्थिरताको अन्त्य महत्त्वपूर्ण हो,’ श्रेष्ठले पत्रमा उल्लेख गरेका छन्, ‘देश फेरि लयमा फर्कन थालेको छ र यस यात्रामा तपाईंको नेतृत्वले हामीलाई आशा र दिशानिर्देश दिएको छ ।’

पार्टीभित्र राजीनामाको चर्चा चलिरहेका बेला श्रेष्ठले अहिलेको घडीमा राजीनामा दिनु पार्टी र देश कसैको हितमा नहुने स्पष्ट पारेका छन् । उनले यसलाई नेतृत्वको असफलताभन्दा पनि जनताको परिवर्तनको चाहनाअनुरूप कांग्रेसलाई पूर्ण रूपान्तरण गर्न नसकिएको चेतावनीका रूपमा बुझ्नुपर्ने बताएका छन् ।

‘गगन बाबु, तपाईंले देखाएको साहस र युवाहरूलाई प्रेरित गर्ने क्षमताले हामीलाई अझ दृढ बनाएको छ,’ श्रेष्ठले लेखेका छन्, ‘यस कठिन घडीमा तपाईंलाई सबै कांग्रेसीजनले एकढिक्का भएर साथ दिनु आवश्यक छ ।’

उनले वडा तहदेखि केन्द्रसम्मै संगठन सुदृढीकरणका लागि संकल्पका साथ अघि बढ्न अपरिहार्य रहेको बताउँदै महामन्त्री थापाको नेतृत्वमा नयाँ ऊर्जा र रूपान्तरणको बाटो देखिएको विश्वास व्यक्त गरेका छन् । उनले कांग्रेसलाई समयसापेक्ष बनाउँदै युवाहरूको आकांक्षा आत्मसात् गर्नुपर्ने सन्देश यो निर्वाचनले दिएको समेत उल्लेख गरेका छन् ।

प्रकाशित मिति : २७ फाल्गुन २०८२, बुधबार  ७ : १० बजे

टेलिकमले दियो डेटा सकिएपछि ब्यालेन्स नकाटिने सुविधा: कसरी प्रयोग गर्ने ?

काठमाडौँ– नेपाल टेलिकमले मोबाइल डेटा प्याकेज सकिएपछि स्वतः मेन ब्यालेन्स

प्रधानमन्त्री शाहले आज विदेशी राजदूतसँग सामूहिक भेटवार्ता गर्दै

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपालस्थित विदेशी राजदूतहरुसँग एकसाथ भेटवार्ता

कांग्रेसले आजदेखि निर्वाचन क्षेत्रको समीक्षात्मक कार्यक्रम सुरु गर्दै

काठमाडौँ– नेपाली कांग्रेसले आजदेखि प्रतिनिधिसभाका १६५ वटै निर्वाचन क्षेत्रको समीक्षात्मक

आज सिँचाइ दिवस मनाइँदै, अझै कृषि योग्य जमिनमा सुविधा पुर्‍याउन चुनौती

काठमाडौँ– सिँचाइ दिवस तथा जलस्रोत तथा सिँचाइ विभागको स्थापना दिवस

नेपालमा विदेशी फिल्मको रजगज, व्यापार र संख्या दुवैमा एकलौटी

काठमाडौँ– २०८२ सालमा नेपाली हलहरूमा स्वदेशीभन्दा विदेशी फिल्म बढी प्रदर्शनमा