केही भूभागमा मेघगर्जनसहित वर्षाको सम्भावना « Khabarhub

केही भूभागमा मेघगर्जनसहित वर्षाको सम्भावना


२७ फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायु, उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणाली र पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको जनाएको छ ।

महाशाखाका अनुसार आज तराई तथा उपत्यकाका केही स्थानमा बादल र तुवाँलो लाग्नेछ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा पनि बादल लाग्नेछ ।

यसैगरी, हिमाली भूभागका केही स्थान, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा एवं हिमपातको सम्भावना छ । साथै मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भेगका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने महाशाखाको पूर्वानुमान छ ।

त्यसैगरी, आज राति कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा बादल लाग्नेछ भने बाँकी भागमा आंशिक बादल लाग्नेछ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुनेछ ।

महाशाखाले मेघगर्जन र चट्याङसहित वर्षा तथा हिमपातको पूर्वानुमान गरेका स्थानका सर्वसाधारणलाई सचेत रहन अनुरोध गरेको छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०८२, बुधबार  ७ : १९ बजे

गृहमन्त्री सुधन गुरुङले गरे पशुपतिनाथ मन्दिरको दर्शन

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङले पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन्।

महावीर पुन सांसद भएर पनि किन किताब बेच्छन् ?

काठमाडौँ – प्रतिनिधि सभा सदस्य तथा राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक

बैतडीको श्रीपुर स्वास्थ्य केन्द्रमा ‘सतर्कता केन्द्र’ सञ्चालन

बैतडी– महामारी तथा विपदका बेला सूचना आदानप्रदान गर्न शिवनाथ गाउँपालिका–३

अस्वीकृत धूनदेखि राष्ट्रिय अवार्डसम्म: ‘क्या हुआ तेरा वादा’ को कथा

काठमाडौँ – बलिउडको संगीत इतिहासमा केही यस्ता गीत हुन्छन्, जुन

संसद्‍को पहिलो बैठकमा तीन वटा अध्यादेश पेश गर्दै गृहमन्त्री सुधन गुरुङ

काठमाडौँ – संघीय संसद् प्रतिनिधि सभाको पहिलो बैठक आज बस्दैछ