अन्तर्राष्ट्रिय आरोग्य दिवससम्बन्धी नेपालको प्रस्ताव राष्ट्रसङ्घद्वारा पारित  « Khabarhub

अन्तर्राष्ट्रिय आरोग्य दिवससम्बन्धी नेपालको प्रस्ताव राष्ट्रसङ्घद्वारा पारित 


२७ फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संयुक्त राष्ट्रसङ्घले नेपालको प्रस्तावमा अन्तर्राष्ट्रिय आरोग्य दिवससम्बन्धी प्रस्ताव पारित गरेको छ । महासभाले आज उक्त प्रस्ताव पारित गरेको हो । अब विश्वका विभिन्न मुलुकमा हरेक वर्ष अप्रिल १५ मा यो दिवस मनाइने छ ।

संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापाका अनुसार उक्त प्रस्तावले स्वास्थ्य भन्नाले केवल रोग नलाग्नु  मात्र नभई शारीरिक, मानसिक, सामाजिक, सांस्कृतिक, भावनात्मक तथा पर्यावरणीय समग्र कल्याणलाई जनाउने उल्लेख गरिएको छ ।

राजदूत थापाका अनुसार उक्त प्रस्तावले विश्वभर सुदृढ र दिगो समाज निर्माणका लागि रोकथाममुखी स्वास्थ्य सेवा, स्वस्थ जीवनशैली तथा समावेशी स्वास्थ्य प्रणाली प्रवर्द्धन गर्नुपर्ने आवश्यकतामा पनि जोड दिएको छ ।

उक्त प्रस्ताव पारित गर्ने प्रक्रियामा सहयोग र समर्थन गर्ने राष्ट्रहरूप्रति आभार व्यक्त गर्दै राजदूत थापाले  यो नेपालका लागि महत्वपूर्ण कूटनीतिक उपलब्धि भएको बताएका छन् ।

प्रकाशित मिति : २७ फाल्गुन २०८२, बुधबार  ८ : ५० बजे

टेलिकमले दियो डेटा सकिएपछि ब्यालेन्स नकाटिने सुविधा: कसरी प्रयोग गर्ने ?

काठमाडौँ– नेपाल टेलिकमले मोबाइल डेटा प्याकेज सकिएपछि स्वतः मेन ब्यालेन्स

प्रधानमन्त्री शाहले आज विदेशी राजदूतहरुसँग सामूहिक भेटवार्ता गर्दै

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपालस्थित विदेशी राजदूतहरुसँग एकसाथ भेटवार्ता

कांग्रेसले आजदेखि निर्वाचन क्षेत्रको समीक्षात्मक कार्यक्रम सुरु गर्दै

काठमाडौँ– नेपाली कांग्रेसले आजदेखि प्रतिनिधिसभाका १६५ वटै निर्वाचन क्षेत्रको समीक्षात्मक

आज सिँचाइ दिवस मनाइँदै, अझै कृषि योग्य जमिनमा सुविधा पुर्‍याउन चुनौती

काठमाडौँ– सिँचाइ दिवस तथा जलस्रोत तथा सिँचाइ विभागको स्थापना दिवस

नेपालमा विदेशी फिल्मको रजगज, व्यापार र संख्या दुवैमा एकलौटी

काठमाडौँ– २०८२ सालमा नेपाली हलहरूमा स्वदेशीभन्दा विदेशी फिल्म बढी प्रदर्शनमा